Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

फिल्म ‘आदिपुरुष’का लेखकले भने- १९०३ अघि नेपाल भारतकै अंश थियो, सीता भारतकै छोरी हुन्


३ असार, एजेन्सी । फिल्म ‘आदिपुरुष’का लेखकले १९०३ अघि नेपाल भारतकै अंश भएको अभिव्यक्ति दिएका छन् । सो अभिव्यक्तिका कारण पटकथा लेखक तथा गीतकार मनोज मुंतशिर विवादमा समेत तानिएका छन् ।

भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा उनले सन् १९०३ अघि नेपाल भारतकै हिस्सा भएका कारण सीता भारतै छोरी भएको विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

उनले नेपालमा भइरहेको विरोधलाई बुझ्न नसकेको पनि बताएका छन् ।

उनले उक्त टिभीसँगको अन्तर्वार्तामा भनेका छन्, ‘नेपाली त हाम्रा भाई नै हुन् । यो कुरा गर्दा जानकी भारतकी बेटी नै थिइन् । राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग छैनन् । देशको रुपमा अलग भएपनि, सीमाहरु अलग भएपनि राष्ट्रियताको रुपमा यी दुई एउटै हुन्।’


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?