Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

अधिकांश सरकारी कर्यालयका वेबसाइट डाउन, अन्तर्राष्ट्रियतर्फका उडान ठप्प


१४ माघ, काठमाडाैँ। अधिकांश सरकारी कर्यालयका वेबसाइट डाउन भएका छन्। शनिबार दिउँसोबाट अधिकांश सरकारी वेबसाइट नचल्ने भएका हुन्।

सर्भरमा आएको समस्याका कारण प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, विभाग लगायतका साइट चलेका छैनन्। त्यस्तै, अध्यागमन विभागको साइट समेत डाउन हुँदा अन्तर्राष्ट्रियतर्फका उडान ठप्प भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमनको साइट समेत डाउन हुँदा धेरै यात्रु तथा उडान प्रभावित भएका छन्।
सरकारी वेबसाइटको निर्माण, मर्मत र डेटा सेन्टर सञ्चालन गर्दै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएकाले सबैतिर समस्या देखिएको हुन सक्ने शंका गरिएको छ। तर पनि यसबारे पूर्ण विवरण भने प्राप्त भइसकेको छैन।


प्रकाशित मिति: १४ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?