Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

एसियाली खेलकुदका लागि सुदूरपश्चिमका नौ खेलाडी छनौट


२ असार ,महेन्द्रनगर । चीनमा हुन लागेको १९औँ संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) मा सुदूरपश्चिम प्रदेशबाट नौ खेलाडीले भाग लिने भएका छन् ।

प्रतियोगिताका लागि महिला कुस्तीमा सुदूरपश्चिमबाट सात खेलाडी छानिएको कञ्चनपुरका कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले जानकारी दिए । “कबड्डी टिममा बाह्रमध्ये सात महिला खेलाडी सुदूरपश्चिमबाट छन्”, प्रशिक्षक भट्टले भनेयो, “छनौटमा परेका सुदूरपश्चिमका महिला खेलाडी अहिले यहाँ विभिन्न विभागीय टिममा आबद्ध छन् ।”

छनोट हुनेमा जयन्ती बडू, सुनिता थापा, रविना चौधरी, कलावती पन्त, अर्पणा चौधरी, नितु गुरुङ र मानमती विष्ट छन् । त्यसैगरी कुस्तीतर्फ कञ्चनपुरका सुरेश चुनारा र शिवानी दुवे प्रतियोगितामा भाग लिनका लागि छनौट भइसकेका छन् ।

७४ किलो तौल समूहमा भीडन्तमा उत्रिने चुनारा हाल त्रिभुवन आर्मी क्बलमा आवद्ध छन् । शिवानीले ५७ किलो तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । सुरेश चुनारा यसअघि इण्डोनेसियामा भएको १८औं संस्करणको एसियन गेम्समा भाग लिइसकेका छन् ।

एसियाली खेलकुदका लागि दोस्रो पटक छनौट भएका चुनाराले एक महिना प्रशिक्षणका लागि इरान जाने योजना रहेको सुनाए । “अहिले काठमाडौँमै विशेष प्रशिक्षण जारी छ, केही समय इरानमा प्रशिक्षणका लागि पठाइने भनिएको छ”, उनले भने, “यसपटक पदक जित्ने गरी तयारीमा जुटेको छु ।”

एसियाली खेलकुदका लागि यहाँबाट तेक्वान्दो, बक्सिङ, एथलेटिक्स, फुटबल महिला, गल्फ, कुस्ती, कबड्डी महिला, भारोत्तलन, जुडो, क्रिकेट, ब्याडमिन्टन र सुटिङ खेलमा नेपाली खेलाडी सहभागिता जनाउने छन् । कञ्चनपुर भारोत्तलनका प्रशिक्षण जीवन गौतमले एसियन छनौटका लागि यही असार १० मा काठमाडौँमा छनौट हुने बताए ।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?