Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

शान्तिनगरका सुकुम्वासीलाई ‘सेतो पुर्जा’


२ असार ,तुलसीपुर । दाङ शान्तिनगर गाउँपालिका-१ का भूमिहीन सुकुम्वासीलाई अस्थायी निस्सा ‘सेतो पुर्जा’ वितरण गरिएको छ । पहिलो चरणमा वडाका पाँच सय ३४ जनालाई सेतो पुर्जा वितरण गरिएको वडाध्यक्ष जङ्गबहादुर पुनले जानकारी दिए ।

“अतिविपन्न भूमिहीन सुकुम्वासीलाई पहिलो चरणमा सेतो पुर्जा वितरण गरेका छौँ”, उनले भने, “अव्यवस्थित बसोबास गरेकालाई पनि व्यवस्थित बनाउने तयारीअनुरुप सेतो पुर्जा वितरण गरिएको हो ।”

अब अमिनले फिल्डमा गएर नापजाँच गर्ने र सोहीअनुसार रातो पुर्जा पाउने उनको भनाइ छ ।

योसँगै शान्तिनगरमा भूमिसम्बन्धी समस्या समाधानको काम अघि बढेको पालिका अध्यक्ष प्रमोद बस्नेतले बताए । “पहिलो चरणमा वडा नं १ बाट पुर्जा वितरण सुरु भयो”, उनले भने, “अब सबै वडामा यसरी पुर्जा वितरणको काम अघि बढाउनेछौँ ।”


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?