Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

शान्तिनगरका सुकुम्वासीलाई ‘सेतो पुर्जा’


२ असार ,तुलसीपुर । दाङ शान्तिनगर गाउँपालिका-१ का भूमिहीन सुकुम्वासीलाई अस्थायी निस्सा ‘सेतो पुर्जा’ वितरण गरिएको छ । पहिलो चरणमा वडाका पाँच सय ३४ जनालाई सेतो पुर्जा वितरण गरिएको वडाध्यक्ष जङ्गबहादुर पुनले जानकारी दिए ।

“अतिविपन्न भूमिहीन सुकुम्वासीलाई पहिलो चरणमा सेतो पुर्जा वितरण गरेका छौँ”, उनले भने, “अव्यवस्थित बसोबास गरेकालाई पनि व्यवस्थित बनाउने तयारीअनुरुप सेतो पुर्जा वितरण गरिएको हो ।”

अब अमिनले फिल्डमा गएर नापजाँच गर्ने र सोहीअनुसार रातो पुर्जा पाउने उनको भनाइ छ ।

योसँगै शान्तिनगरमा भूमिसम्बन्धी समस्या समाधानको काम अघि बढेको पालिका अध्यक्ष प्रमोद बस्नेतले बताए । “पहिलो चरणमा वडा नं १ बाट पुर्जा वितरण सुरु भयो”, उनले भने, “अब सबै वडामा यसरी पुर्जा वितरणको काम अघि बढाउनेछौँ ।”


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?