Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

बस र ट्रक ठोक्किँदा क्यानडामा १५ जनाको मृत्यु, १० जना घाइते


१ असार, एजेन्सी । क्यानडाको मनिटोबास्थित कारबेरी सहर नजिकै बिहीबार सेमी ट्रेलर ट्रक र ज्येष्ठ नागरिकले भरिएको बस एक आपसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

मनिटोबाका सुरक्षा सहायक आयुक्त रोब हिलले दुर्घटनाबारे पत्रकारहरूलाई जानकारी दिँदै बसमा सवार २५ जना ज्येष्ठ नागरिकमध्ये गम्भीर घाइेत भएका १० जनालाई तत्काल अस्पतालभर्ना गरिएको  बताए । दुर्घटनाग्रस्त बस पश्चिमी मनिटोबा सहर डाउफिनतर्फ गइरहेको थियो ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुर्घटनामा परी आफ्ना प्रियजन गुमाउनेहरुप्रति समवेदना प्रकट गरेका छन् । शोकको यो घडीमा सबै क्यानडेली नागरिक मृतकका परिवारका सदस्यसँगै रहेका उहाँले ट्वीटरमा उल्लेख गरेका छन् ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?