Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

बस र ट्रक ठोक्किँदा क्यानडामा १५ जनाको मृत्यु, १० जना घाइते


१ असार, एजेन्सी । क्यानडाको मनिटोबास्थित कारबेरी सहर नजिकै बिहीबार सेमी ट्रेलर ट्रक र ज्येष्ठ नागरिकले भरिएको बस एक आपसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

मनिटोबाका सुरक्षा सहायक आयुक्त रोब हिलले दुर्घटनाबारे पत्रकारहरूलाई जानकारी दिँदै बसमा सवार २५ जना ज्येष्ठ नागरिकमध्ये गम्भीर घाइेत भएका १० जनालाई तत्काल अस्पतालभर्ना गरिएको  बताए । दुर्घटनाग्रस्त बस पश्चिमी मनिटोबा सहर डाउफिनतर्फ गइरहेको थियो ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुर्घटनामा परी आफ्ना प्रियजन गुमाउनेहरुप्रति समवेदना प्रकट गरेका छन् । शोकको यो घडीमा सबै क्यानडेली नागरिक मृतकका परिवारका सदस्यसँगै रहेका उहाँले ट्वीटरमा उल्लेख गरेका छन् ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?