Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

वनजङ्गलको स्थानीय समुदायले उपभोग गर्न पाउनुपर्छ : सांसद जाबेदा खातुन


३२ जेष्ठ ,काठमाडौँ । सांसद जाबेदा खातुन जागाले राष्ट्रिय निकुञ्ज ऐन, २०२९ खारेज गरेर वनको स्थानीय समुदायले उपभोग गर्न सक्ने गरी नयाँ ऐन बनाउन माग गरेकि छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्र्तगतको मन्त्रालय गत छलफलमा उहाँले जङ्गलबाट काठ तथा वनजन्य सामग्रीको प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै नयाँ ऐन बनाउन सुझाव दिईन् । उनले उपभोक्ताले संरक्षण गरेको वन क्षेत्रको अधिकार उपभोक्ता तथा स्थानीय समुदायलाई दिनुपर्नेमा जोड दिईन् ।

“वनसँग हाम्रो जीवन जोडिएको छ । वनलाई व्यवस्थित र संरक्षण गर्नपर्दछ । तर हामीले वनजङ्गलबाट आर्थिक समृद्धि हासिल गर्न सकेका छैनौँ”, उनले भनिन्, “राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्र विस्तार रोक्नुपर्दछ । त्यसको अधिकार जनजाति, आदिवासी, दलित, मुक्तकमैया, सुकुम्वासी, गरिब विपन्न र पिछडिएका समुदाय दिनुपर्छ ।”

उनले वनजङ्गलबाट काठमा आत्मनिर्भर बन्नसक्ने बताईन् । “विदेशबाट अर्बौं रकमको काठ आयात गर्ने तर आफ्नैै देशको काठ दाउरा सदुपयोग गर्न नपाउने अवस्थाले हाम्रो देशको अर्थतन्त्रमा ह्रास आएको छ”, उनले भनिन् ।

छलफलका क्रममा नेकपा (माओवादी केन्द्र) को संसदीय दलका सचेतक रूपा सोशी चौधरीले महिला केन्द्रित कार्यक्रम प्रभावकारी बनाउनतर्फ ध्यान दिनुपर्ने बताईन् । उनले सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथा र मधेसमा दाइजो प्रथाका कारण हिंसाका घटनाहरू न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम ल्याउन जोड दिईन् ।

उनले भनिन्, “प्रथाजन्यदेखि वैदेशिक रोजगारका सिलसिलामा महिलाले भोग्ने समस्याको समाधान गर्न कस्ता कार्यक्रम चलाउने ? कस्तो प्रकारको जनचेतना जगाउने भन्नेतर्फ गम्भीर भएर सोच्नपर्छ ।” उनले ज्येष्ठ नागरिक र बालबालिकाको उचित संरक्षणका लागि पनि सोहीअनुसारको कार्यक्रमको व्यवस्थामा जोड दिईन् ।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?