Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

अष्ट्रेलियाको संसद्मै सिनेटरमाथि यौन आक्रमण


३२ जेठ, एजेन्सी । एक जना अष्ट्रेलियाली सांसदले सदनभित्रै आफूमाथि यौन आक्रमण भएको आरोप लगाउँदै महिलाका निम्ति संसद् ‘सुरक्षित स्थान’ नभएको बताएकी छन् ।

बिहीबारको संसद् बैठकमा रुदै स्वतन्त्र सांसद लिडिया थोर्पेले आफूमाथि ‘यौन टिप्पणी’ भएको, भर्याङ्मा भाग्नै नसकिने परिस्थिति सृजना गरिएको केही ‘शक्तिशाली पुरुष’द्वारा ‘गलत नियतले छोइएको र प्रस्ताव’ गरिएको दाबी गरेकी छन् ।

लिवरल पार्टीका सांसद डेभिड भानले आफूमाथि यौन दुव्र्यवहार गरेको पीडित थोर्पेको आरोप छ । डेभिडलाई उनको दलले निलम्बन गरेको छ । उनले आफूमाथि आधारहीन आरोप लगाइएको बताएका छन् । आफूमाथि लगाइएको आरोपबाट आफू चकित भएको उनले उल्लेख गरेका छन् ।

जब आरोपहरू अष्ट्रेलियाको गम्भीर मानहानि कानूनबाट सुरक्षित थिए, थोरपेले भने कि भ्यानले यस मामिलामा वकिलहरूलाई संलग्न गराएको थियो र उनले संसदीय नियमहरू नेभिगेट गर्न आफ्नो मुद्दा पुनः दोहोर्याउनु परेको थियो ।

आफूमाथि भएको यौन आक्रमणबारे बताउँदै पीडितले आफू सदनबाट बाहिरिने बेलामा सधै सर्वप्रथम सुस्तरी ढोकाबाट हेर्ने, भ¥याङ र वरपर कोही पुरुष नभएको निक्र्योल गरेर मात्र हिँड्नुपर्ने परिस्थिति उत्पन्न भएकाले संसद् भवन नै महिलाका निम्ति असुरक्षित रहेको गुनासो गरिन् । संसदबाट एक्लै बाहिरिन नसकिने उनको कथन थियो । आफूले भोग्नुपरेको दुव्र्यवहारको शिकार अन्य महिला सांसद पनि भएका तर उनीहरूले आफ्नो ‘करिअर’लाई महत्व दिएकाले त्यसलाई गौण राखेका उनले बताइन् ।

सन् २०२१ देखि अष्ट्रेलियाको राजनीति र संसद् यौन हमला र उत्पीडनका ‘हाइ प्रोफाइल’ काण्डबाट प्रभावित भएको छ । त्यसबेलाकी पूर्वराजनीतिक सहयोगी ब्रिटनी हिगिन्सले कञ्जरभेटिप पार्टीका एक जना कर्मचारीले अत्यधिक मदिरा पिएपछि क्याबिनेट मन्त्रीको संसदीय कार्यालयको सोफेमा बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

अष्ट्रेलियाको संसद्मा यौन उत्पीडनका घटना बढेपछि सरकारीस्तरमा गरिएको एक अनुसन्धानले पनि सांसद र कर्मचारी यौन हिंसाको शिकार भएका पुष्टि गरेको थियो । अनुसन्धानअनुसार हरेक तीन जनामध्ये एक जना यौन दुव्र्यवहार झेल्नु परेको थियो जसमा त्रिसट्ठी प्रतिशत महिला सांसद कुनै न कुनै रुपमा यौन हिंसाको शिकार भएका थिए ।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?