Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

हात-खुट्टा बाँधेर श्रीमानले कुटपिट गर्दा वडा सदस्यको मृत्यु


३२ जेठ, काभ्रे र श्रीमानको कुटपिटबाट दलित वडा सदस्यको मृत्यु भएको छ । श्रीमानले कुटपिट गर्दा घाइते भएकी काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-११ की दलित वडा सदस्य ४५ वर्षीया ज्ञानु विकको मृत्यु भएको हो ।

गत जेठ २९ गते उनका श्रीमान शम्भु विकले मादक पदार्थ सेवन गरी उनीमाथि कुटपिट गरेका थिए । श्रीमानको कुटपिटबाट घाइते भएकी ज्ञानुको धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो ।

बिहीबार अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार उनका श्रीमानले हात-खुट्टा बाँधेर ज्ञानुमाथि कुटपिट गरेका थिए ।

प्रहरीले हत्या आरोपमा ४८ वर्षीय शम्भुलाई पक्राउ गरी थप अनुसन्धान अगाडी बढाएको छ ।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?