Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

हात-खुट्टा बाँधेर श्रीमानले कुटपिट गर्दा वडा सदस्यको मृत्यु


३२ जेठ, काभ्रे र श्रीमानको कुटपिटबाट दलित वडा सदस्यको मृत्यु भएको छ । श्रीमानले कुटपिट गर्दा घाइते भएकी काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-११ की दलित वडा सदस्य ४५ वर्षीया ज्ञानु विकको मृत्यु भएको हो ।

गत जेठ २९ गते उनका श्रीमान शम्भु विकले मादक पदार्थ सेवन गरी उनीमाथि कुटपिट गरेका थिए । श्रीमानको कुटपिटबाट घाइते भएकी ज्ञानुको धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो ।

बिहीबार अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार उनका श्रीमानले हात-खुट्टा बाँधेर ज्ञानुमाथि कुटपिट गरेका थिए ।

प्रहरीले हत्या आरोपमा ४८ वर्षीय शम्भुलाई पक्राउ गरी थप अनुसन्धान अगाडी बढाएको छ ।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?