Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

गण्डकीमा ‘प्रदेशको उत्पादन : हाम्रो पहिचान’ कार्यक्रम


३१ जेष्ठ ,गण्डकी । गण्डकी प्रदेशमा ‘प्रदेशको उत्पादन : हाम्रो पहिचान’ कार्यक्रम सञ्चालन गरिने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवाको उपयोगमा प्रोत्साहन गर्न सो कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

उक्त कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सार्वजनिक निकायहरूमा प्रदेशभित्र उत्पादित वस्तु उपयोग गर्ने नीति लिइने सरकारले जनाएको छ । ‘आर्थिक विकासको आधार, उद्यमशीलता र रोजगार’ नारालाई परिस्कृतरूपमा लागू गर्न स्थानीय तहहरूको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने सरकारको योजना छ ।

प्रदेशभित्रका हरेक स्थानीय तहमा उद्यमशीलताको माध्यमबाट रोजगारी सिर्जना गर्नका लागि लघुउद्यम कार्यक्रममार्फत लक्षित वर्गलाई आयआर्जन र रोजगारी सिर्जना हुने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

लघु घरेलु उद्यमीको उत्पादित वस्तुको बजारीकरणका लागि प्रदेशस्तरमा बिक्रीकक्ष स्थापना गर्ने नीति लिइने सरकारले उल्लेख गरेको छ । सङ्घ सरकारसँगको समन्वय र स्थानीय तहको सहकार्यमा प्रदेश गौरवको आयोजनाका रूपमा रहेका कास्की र तनहुँको पुँडीटार, नवलपुरको लोकाहाखोलामा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्र स्थापना, व्यवस्थापन तथा सञ्चालनका लागि पूर्वाधार निर्माणकार्यलाई प्राथमिकता दिइने भनिएको छ ।

स्थानीय स्रोत, सीप तथा प्रविधिमा आधारित घरेलु तथा साना उद्योगको संरक्षण र प्रवर्द्धन गर्ने नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ । आधुनिक प्रविधिको प्रयोग गरी स्थानीयरूपमा उत्पादित मदिराको गुणस्तर वृद्धि गर्दै ब्रान्डिङ गर्न आवश्यक कानुनी व्यवस्था मिलाइने सरकारले जनाएको छ ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?