Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सत्ता गठबन्धन दलका नेताहरुबीच बालुवाटारमा छलफल


३० जेठ, काठमाडाैँ । सत्ता गठबन्धन दलका नेताहरुले आज मसामयिक विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गठबन्धनको बैठक बस्ने, बजेटका सम्बन्धमा गठबन्धन दलका धारणालगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री दाहालले बजेट सदनमा प्रस्तुत भइसकेको अवस्थामा केही विषय आवश्यकतअनुसार मिलाइएर जान सकिने बताएका थिए । बजेटमा प्रस्तुत विषयलाई लिएर सत्ता साझेदार नेकपा (एकीकृत समाजवाद) र जनता समाजवादी पार्टी नेपालले केही बुँदामा विमति प्रकट गरेका छन् । सोही विषयमा पनि शीर्षनेताहरुबीच छलफल भएको थियो ।

छलफलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धन आबद्ध दलका नेताहरु सहभागी थिए ।


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?