Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

टर्कीमा ११०० वर्ष पुरानो हिब्रू बाइबल बरामद


३० जेठ, एजेन्सी । टर्कीको लिंगमेरी सेनाले ऐतिहासिक कलाकृतिहरूको अवैध व्यापारलाई रोक्नको लागि गरेको कारबाहीमा हिब्रू बाइबलको पुरानो प्रति कब्जा गरेको छ।

इस्तानबुल प्रान्तीयकमाण्डद्वारा सोमबार जारी गरिएको विज्ञप्तिअनुसार ११०० वर्ष पुरानो उक्त बाइबल बरामद गरिएको हो ।

पाँच लाख अमेरिकी डलरमा उक्त ऐतिहासिक ग्रन्थको किनबेच हुन लागेको सूचनाका आधारमा खोजी गर्दा चार जना संदिग्ध व्यक्तिहरू कारबाहीमा परेका छन्।

उक्त बरामद हिब्रू बाइबल थप अनुसन्धानका लागि टर्किएको पाण्डुलिपि संस्थानमा पठाइएको छ।

छापा मार्ने क्रममा सेनाले रोमन र बाइजान्टिन कालका १०१ पुराना सिक्का पनि बरामद गरेको छ । ती वस्तु इस्तानबुल पुरातत्व सङ्ग्रहालयमा पठाइएको छ ।


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?