Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

छ किलो चरेससहित विमानस्थलबाट जर्मन नागरिक पक्राउ


३० जेठ, काठमाडाैँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६ किलो आठ सय ६० ग्राम चरेससहित जर्मनी नागरिक ६३ वर्षीय पाउल वेस्र्टलाई आज प्रहरीले पक्राउ गरेको छ ।

टर्किस एयरको उडानद्वारा काठमाडौँबाट इस्तानबुल हुँदै जर्मनी जान लागेका उनको दुईवटा लगेजलाई विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उक्त लागूपदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौँ पठाइएको छ ।

यसैबीच, आजै काठमाडौँ महानगरपालिका–९ स्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै लुकाई–छिपाई अवैध रुपमा लैजान लागेको नौ हजार चार सय १३ अमेरिकी डलरसहित दोलखा विगु गाउँपालिका–७ स्थायी वतन भएका ३६ वर्षीय प्रेम नोर्बु शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट थाइल्यान्ड जान लागेका शेर्पालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अन्तरराष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लुकाई–छिपाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा अमेरिकी डलरसहित फेला पारी पक्राउ गरिएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए । उनलाई बरामद विदेशी मुद्रासहित राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।

 


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?