Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

९० वर्षको उमेरमा दुवै आँखाले देख्न थालेपछि…


३० जेठ, भोजपुर । गाउँमा चलेको निःशुल्क आँखा शिविर ९० वर्ष पुगेकी मचिन्द्र राईका लागि वरदान साबित भएको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका-२, छिनामखुका राई वृद्धावस्थामा दुवै आँखाले देख्नु सक्ने भइन् । दाहिने आँखामा मोतियाविन्दुको समस्या भएपछि मचिन्द्रलाई घरभित्र बाहिर गर्न पनि समस्या हुँदै आइरहेको थियो ।

विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोग लिएर नेपाल नेत्र ज्योति संघ, आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा अन्नपूर्ण बागधन रनदीपा राई माविमा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट ५४ जना आँखा देख्न सक्ने भइन् ।

भोजपुरका ग्रामीण क्षेत्रहरु अन्य रोगको तुलनामा आँखा रोगीको सङ्ख्या धैरे देखिने गरेकाले गाउँस्तरीय शिविरलाई पहिलो प्राथमिकतामा राखिएको उपचार केन्द्रका प्रमुख विजय तामाङले बताइन् ।

आर्थिक अवस्था र विविध कारणले वर्षौँदेखि आँखाको समस्या झेल्न बाध्य नागरिकलाई आफ्नै पालिकामा सञ्चालन भएको शिविरले लाभ पुर्याएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । अध्यक्ष बस्नेतले भने, ‘शिविरले हाम्रा वृद्ध आमाबुबालाई पुनः स्पष्ट देख्ने बनाएको छ, योभन्दा खुसीको कुरा के हुन्छ ।’

सीबीएम ग्लोबल विराटनगर, आँखा अस्पताल विराटनगर रानीको प्राविधिक सहयोगमा टेम्केमैयुङ गाउँपालिकाको नौवटै वडाबाट आएका एक हजार तीन सय जना बिरामीको जाँचपछि उपचार गरिएको छ । जसमा ५४ जनाको सफल मोतियाविन्दुको शल्यक्रियासमेत गरिएको छ ।

‘हामी वृद्धावृद्धालाई पुनः दोस्रो जन्म पाएको जतिकै भएको छ, गाउँमै उपचार पाएपछि दुवै आँखाले स्पष्ट देख्न सक्ने भएका छौँ ।’ टेम्कैमैयुङ गाउँपालिका–४ का ८६ वर्षीय प्रेमबहादुर राई खुसी हुँदै भन्छन् । उनको शिविरमा देब्रे आँखाको शल्यक्रिया भएको थियो । यस्तै, ७९ वर्षीया शुभद्रा बुढाथोकी पनि शिविरमा शल्यक्रियाको सेवा पाएकामा खुशी छिन् ।

विपन्न र दुर्गम भेगका अशक्त नागरिकलाई लक्षित गरी भोजपुरमा निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको नेत्ररोग विशेषज्ञ डा युगान्तिका खत्रीको भनाइ रहेको छ ।

डा. खत्रीले भने, ‘भोजपुरका ग्रामीण विपन्न र अशक्त नागरिकका लागि सहज उपचार सेवा दिन हामीले शिविर सञ्चालन गरेका हौँ, ग्रामीण भेगका वर्षौँदेखि आँखाका समस्या लिएर आउने बिरामीलाई हाम्रो टोलीले सफल उपचार गरेको छ ।’

दुर्गमका नागरिकलाई ठूला अस्पताल जाँदा आइपर्ने महँगो खर्च र सास्ती यो शिविरले कम गरेको छ । गाउँमै निःशुल्क ठूला उपचार पाउनु स्थानीयका लागि अवसर हो ।

आँखाका रोगीहरुको सङ्ख्या ग्रामीण क्षेत्रमा बढी देखिएकाले सबै क्षेत्रमा शल्यक्रिया सहितको शिविरहरु क्रमिकरुपमा सञ्चालन गरिँदै लगिने नेपाल नेत्रज्योति संघ भोजपुरले जनाएको छ ।


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?