Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

गर्मी बढेपछि पाैडी खेल्न गएका शिक्षकको खोलामा डुबेर मृत्यु


२९ जेठ, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु भएको छ ।

देवचुली नगरपालिका–१५ प्रगतीनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदीको मध्यविन्दु नगरपालिका–१४ बतासास्थित अरुणखोलाको मुखेढुङ्गा पानीको दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।

मृतक सुवेदी मध्यविन्दु नगरपालिका–१० स्थित जनता माध्यामिक विद्यालयका शिक्षक रहेका छन् । अत्यधिक गर्मी भएपछि सुवेदीसहित स्कुलका सातजना शिक्षक पौडी खेल्न खोलामा गएका थिए ।

साथै गत शनिबार जिल्लाको गैँडाकोट नगरपालिका–३ केलादीस्थित कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका दुई जनामध्ये एकजनाको शव फेला परेको छ । नदीमा डुबेर बेपत्ता भएका चितवन रत्ननगर नगरपालिका–१० जनजागृति टोलका सुरज सुवेदी (शर्मा)को शव फेला परेको नवलपरासी(बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी पाठकले बताए ।

नदीमा डुबेर बेपत्ता भएका गैँडाकोट नगरपालिका–२ शिलान्यास चोकका २५ वर्षीय रमेश चालिसेको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?