Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

अक्सिजनको अभावमा टेक्सासमा हजारौं माछा मरे


२९ जेठ, एजेन्सी । अमेरिकाको टेक्सास राज्यको गल्फ कोस्ट क्षेत्रका समुन्द्री किनारमा दुर्लभ मेन्हाडेन प्रजातीका हजारौं माछाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।

क्विन्टाना तटबीच काउन्टी पार्कबाट करिब ९.७ किलोमिटर टाढा ब्राजोस नदीको मुहान नजिकै ब्रायन बिचको विकट छेउमा मरेका माछाफेला परेको गल्फ कोस्टमा रहेको बिचफ्रन्ट पार्कका अधिकारीहरुले बताएका छन् ।

शुक्रबारदेखि तटीय पानीमा सयौं मरेका माछा तैरिरहेको तस्बिर सार्वजनिक गरेका निकुञ्जका अधिकारीहरूले सतही पानी र सूर्यको प्रकाशको कमीका कारण अक्सिजनको मात्रा घटेकोले माछाह मरेकोअ बताएका छन् ।

सफाइको प्रयास जारी रहे पनि पानी कम हुँदा अक्सिजनको अभाव भएको र यहाँ अझै हजारौं माछाहरू मर्ने अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?