Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कामु प्रधानन्यायाधीसको उजुरीमाथि बुधबारदेखि छलफल हुने


२९ जेठ, काठमाडाैँ । कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीमाथिको उजुरीउपर बुधबारदेखि छलफल हुने भएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले उहाँमाथिका उजुरीउपर यही जेठ ३१ गते छलफल गर्ने निर्णय गरेको हो ।

समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बसेको बैठकबाट कामु प्रधानन्यायाधीस कार्कीका सम्बन्धमा विभिन्न २९ उजुरी परेका जनाइएको छ ।

बैठकमा उक्त उजुरी समितिका सदस्यलाई वितरण गरेको छ भने सदस्यले मङ्गलबार अध्ययन गरेपछि बुधबार बैठक राखेर उजुरीकर्तालाई बोलाइ छलफल गर्ने जनाइएको छ । समितिले जेठ ३२ गते कामु प्रधानन्यायाधीस कार्कीलाई बैठकमा बोलाएर सुनुवाइ प्रक्रिया टुङ्ग्याउने तयारी गरेको छ । आजको बैठकले समितिको बैठक कार्यविधि परिमार्जनसहित पारित गरेको छ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?