Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

गौर हत्याकाण्डसम्बन्धी मुद्दामा आज सुनुवाइ


२९ जेठ, काठमाडाैँ । गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ । यसअघि जेठ २५ गते सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा परेको उक्त मुद्दाको सुनुवाइ आज हुन लागेको हो ।

आज सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि सुनुवाइका लागि पेशी तोकिएको छ ।

वि.सं. २०६४ चैत २७ गते तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २८ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।

यस हत्याकाण्डविरुद्ध पीडित परिवारका तर्फबाट जेठ २१ गते त्रिभुवन साहले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दाको पेसी जेठ २२ गते पनि न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको भए पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?