Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

नेपालमा मनसुन सुरु हुन पाँच दिन लाग्ने


२८ जेठ, काठमाडाैँ । नेपालमा मनसुन सुरु हुन पाँच दिन लाग्ने भएको छ । मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन भित्रन चारदेखि पाँच दिन लाग्ने जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बङ्गालको खाडीबाट आएको जलवायुक्त हावा अहिले भारतको आकाशमै रहेकाले नेपालमा आइपुग्न चारदेखि पाँच दिन लाग्ने भएको हो ।

मौसमविद् लामिछानेले भने, ‘‘बङ्गालको खाडीबाट आएको जलवाष्ययुक्त हावा नेपाल आउन अझै चारदेखि पाँच दिन लाग्ने देखिएको छ । हामी यसको नियमित मनिटरिङ गरिरहेका छौँ ।’’

अहिले देशको पूर्वी भागमा मनसुन सुरु हुने अनुकूल वातावरण निर्माण भएकाले तापक्रम पनि घट्दै जाने उनको भनाइ छ । लामिछानेका अनुसार तराईका अधिकांश स्थान र पहाडी क्षेत्रको तापक्रम हिजो अस्तिको तुलनामा कम हुँदै गएको छ ।

उनले भने, ‘‘अब मनसुन सुरु हुने समय नजिकिएकाले पूर्वी क्षेत्रमा मनसुन अनुकूल वातावरण निर्माण भइरहेको छ । जसका कारण देशका पूर्वी तराईका क्षेत्रमा र पहाडी क्षेत्रमा तापक्रम घट्दै गएको छ ।’’

हिजो ४०/४२ डिग्री सेल्सियस तापक्रम भएका ठाउँमा आज ३७/३८ डिग्री सेल्सियस रहेको छ । मनसुन सुरु नहुँदासम्म मौसम आंशिक बदली भइरहने भएकाले तापक्रम नबढ्ने उनि बताउँछन् ।

आज कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा छिटफुट वर्षाको सम्भावना पनि रहेको उनले बताए ।


प्रकाशित मिति: २८ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?