Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
५ माघ २०८२, सोमबार
५ माघ २०८२, सोमबार

नेपालमा मनसुन सुरु हुन पाँच दिन लाग्ने


२८ जेठ, काठमाडाैँ । नेपालमा मनसुन सुरु हुन पाँच दिन लाग्ने भएको छ । मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन भित्रन चारदेखि पाँच दिन लाग्ने जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बङ्गालको खाडीबाट आएको जलवायुक्त हावा अहिले भारतको आकाशमै रहेकाले नेपालमा आइपुग्न चारदेखि पाँच दिन लाग्ने भएको हो ।

मौसमविद् लामिछानेले भने, ‘‘बङ्गालको खाडीबाट आएको जलवाष्ययुक्त हावा नेपाल आउन अझै चारदेखि पाँच दिन लाग्ने देखिएको छ । हामी यसको नियमित मनिटरिङ गरिरहेका छौँ ।’’

अहिले देशको पूर्वी भागमा मनसुन सुरु हुने अनुकूल वातावरण निर्माण भएकाले तापक्रम पनि घट्दै जाने उनको भनाइ छ । लामिछानेका अनुसार तराईका अधिकांश स्थान र पहाडी क्षेत्रको तापक्रम हिजो अस्तिको तुलनामा कम हुँदै गएको छ ।

उनले भने, ‘‘अब मनसुन सुरु हुने समय नजिकिएकाले पूर्वी क्षेत्रमा मनसुन अनुकूल वातावरण निर्माण भइरहेको छ । जसका कारण देशका पूर्वी तराईका क्षेत्रमा र पहाडी क्षेत्रमा तापक्रम घट्दै गएको छ ।’’

हिजो ४०/४२ डिग्री सेल्सियस तापक्रम भएका ठाउँमा आज ३७/३८ डिग्री सेल्सियस रहेको छ । मनसुन सुरु नहुँदासम्म मौसम आंशिक बदली भइरहने भएकाले तापक्रम नबढ्ने उनि बताउँछन् ।

आज कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा छिटफुट वर्षाको सम्भावना पनि रहेको उनले बताए ।


प्रकाशित मिति: २८ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?