Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

कजाकस्तानको जङ्गलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु


२८ जेठ, एजेन्सी । उत्तरपूर्वी कजाकिस्तानको जंगलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु भएको आपतकालीन व्यवस्था मन्त्रालयले शनिबार जनाएको छ ।

स्थानीय समय अनुसार शनिबार अपरान्ह् मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कुल १४ जनाको शव फेला परेको छ । डढेलोका कारण एक लाख ४८ हजार हेक्टर जमिन जलेपछि फसेका वन सुरक्षाका लागि खटिएका अधिकारीहरूको खोजी भइरहेको छ ।”

उच्च तापक्रम र हावाको बदलिँदो दिशाका कारण प्रतिकार्यमा बाधा पुर्याए पनि ३१६ जनालाई सुरक्षित स्थानमा सारिएको, स्थिति नियन्त्रणमा रहेको र घरहरु सुरक्षित रहेको मन्त्रालयले जनाएको छ ।

कजाकस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभले आपतकालीन अवस्थाका मन्त्री युरी इलिनलाई बर्खास्त गर्नुभएको छ ।

डढेलो निभाउने प्रयासमा एक हजारभन्दा बढी मानिस सहभागी भएका छन्, जसमध्ये अधिकांश रक्षा र आपतकालीन व्यवस्था मन्त्रालयका रहेका छन् ।

विशाल पूर्व सोभियत राष्ट्रका स्थानीय अधिकारीहरूका अनुसार बिहीबार चट्याङ लागेर आगलागी सुरु भएको थियो।

घटनापछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले तोकायेभलाई एक सन्देश लेख्दै समवेदना प्रकट गरेका छन् भने अन्य मुलुकका नेताहरूले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २८ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?