Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

धनुषाको नगराइन नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा


२८ जेठ, धनुषा । नगराइन नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ । आज नगराइनमा आयोजित पूर्ण खोप नगर घोषणा सभामा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले पूर्ण खोपयुक्त नगर घोषणा गरे ।

सो अवसरमा मन्त्री सिंहले मधेस प्रदेशमा स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गती हटाएर जनतालाई सहज एवम् सर्वसुलभ स्वास्थ्य सेवा दिनु सरकारको दायित्व भएको बताए । जिल्ला अस्पतालका समस्या समाधान र सार्वजनिक स्वास्थ्यमा नागरिकको विश्वास जागृत गर्ने गरी सेवाप्रवाहमा सुधार वर्तमान सरकारको प्राथमिक विषय भएको बताए ।

“मधेस प्रदेश स्वास्थ्य क्षेत्रमा पनि पछाडि परेको छ । सबैको सहकार्य भए यस क्षेत्रका समस्या समाधान गर्न सकिन्छ”, मन्त्री सिंहले भने, “आगामी आर्थिक वर्षको बजेटमा यी समस्याहरु सम्बोधनको प्रयास हुनेछ ।” विशेष गरी महिलामा पाठेघरको क्यान्सर र बालबालिका लक्षित विशेष कार्यक्रम ल्याइने उनको भनाइ छ । जिल्ला तथा पालिकास्तरीय अस्पतालमा स्वास्थ्य उपकरणसहितको सेवाप्रवाहमा सरकारको जोड रहने उनको भनाइ छ ।

उनले नागरिक नजिक रहेका स्वास्थ्य संस्थाको व्यवस्थापनमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा प्रमोदकुमार यादव, नगराइनका नगरप्रमुख विनयकुमार यादव, धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललगायतले आफ्ना भनाइ राखे ।

नगराइनका प्रमुख प्रशासकीय अधिकृत रामगुलामलाल कर्णले नगरक्षेत्रमा रहेका पाँच वर्ष मुनीका सबै बालबालिकालाई खोप लगाइसकेपछि पूर्ण खोपयुक्त नगर घोषणा गरिएको जानकारी दिए । अठार पालिका रहेको धनुषामा नगराइनसहित दश वटा पालिका खोपयुक्त घोषणा गरिएका छन् ।

यसअघि जिल्लाका क्षिरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मिनिया गाउँपालिका, कमला नगरपालिका, सहिदनगर नगरपालिका, मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, धनौजी र औरही गाउँपालिकालाई पूर्णखोपयुक्त पालिका घोषणा गरिएको थियो ।


प्रकाशित मिति: २८ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?