Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

तीन पत्रकारलाई ‘टेलिफिल्म अवार्ड’


२८ जेठ, काठमाडाैँ । तीन पत्रकार ‘बक्स अफिस टेलिफिल्म अवार्ड पत्रकारिता सम्मान २०८०’ बाट सम्मानित भएका छन् ।

दुई दशकदेखि आर्थिक पत्रकारितामा क्रियाशील भई हाल आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान)का सचिवसमेत रहेका पत्रकार टङ्क कार्की, तीन दशकदेखि पत्रकारितामा संलग्न राष्ट्रवाणी साप्ताहिकका सम्पादक ताराचन्द्र देवकोटा र प्रभाव राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक कृष्ण कार्की शनिबार मूलपानीमा आयोजित कार्यक्रममा सम्मानित भएका हुन् ।

बक्स अफिस इन्टरनेसनल गु्रपका अध्यक्ष आरके सुवेदी संयोजक रहेको नेपालको एकमात्र अवार्ड हो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले यस प्रकारको सम्मानले पत्रकारिता क्षेत्रलाई प्रोत्साहन मिल्ने बताए । कार्यक्रममा टेलिफिल्म क्षेत्रका विभिन्न विधाका उत्कृष्टहरूलाई पनि सम्मान प्रदान गरिएको थियो ।


प्रकाशित मिति: २८ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?