Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सार्वजनिक यातायातलाई व्यवस्थित गर्न थप नयाँ नियम


२८ जेठ, काठमाडाैँ । सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न नयाँ नियम ल्याएसँगै सार्वजनिक सवारी सञ्चालन गर्ने व्यवसायीहरुका संघसंस्थाले तयारी अगाडि बढाएका छन् ।

असार १ गतेदेखि मध्यम तथा लामो दूरीमा चल्ने सवारीका लागि सन्देशमूलक अडियो बजाउनुपर्ने, ठूलो आवाजमा संगित बजाउन नपाइने, सवारी चालक तथा सहचालकहरुको कम्तीमा तीन महिनामा एकपटक स्वास्थ्य परीक्षण गराउनुपर्ने लगायतका नियम लागू गर्न तयारी अगाडि बढाएका हुन् ।

त्यसका लागि सवारी साधनमा थप्नु पर्ने सुविधाचालक, सहचालकलाइ दिनुपर्ने तालिम दिन व्यवसायी व्यस्त छन् । सवारी साधनमा काम गर्ने कर्मचारी मात्र होइन टिकट काउण्टरमा काम गर्ने कर्मचारीहरुले यात्रीसँग बोल्ने शैली र व्यवहार सुधार गर्न व्यवसायीहरुले तयारी थालेका छन् ।

यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०६० संशोधन गरी सार्वजनिक सवारीलाइ व्यवस्थित बनाउन चालक र सहचालकले यात्रीसँग नम्र, शिष्ट तथा भद्र बोली व्यवहार गर्नुपर्ने र अनावश्यक कुरा गर्न नपाइने जस्ता नियमहरु टिकट काट्ने ठाउँमा र सवारी भित्रै टास्न थालेका छन् ।

यतिमात्र नभएर चालक र सहचालकलाइ समय समयमा यी विषयमा सचेत गराइने व्यवसायीहरुको भनाइ छ । असार १ गतेदेखि सरकारले तोकेको मापदण्ड र सुविधा दिनुपर्ने भएपछि व्यवसायीहरुको व्यस्तता बढेको छ ।

आफ्नो सवारी साधन सफा राखी यात्रीको स्वास्थ्यमा ख्याल पुर्‍याउनुपर्ने, ठूलो आवाजमा ध्वनी प्रदूषण हुनेगरी संगित बजाउन नपाइने, लामो तथा मध्यम दूरीका सवारीले खाना खान रोक्दा स्वस्थ खानेकुरा र शौचालय राम्रो भएको ठाउँमा मात्र रोक्न पाउने जस्ता नियम उल्लेख गरिएकोले पूर्णरुपमा कार्यान्वयनमा ल्याउन लागिपरेको नेपाल यातायात व्यवसायि राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारले बताए ।

चालक र सहचालकले पहिचान खुल्ने गरी अनिवार्य रुपमा पोशाक लगाउनु पर्ने र कम्पनीले दिएको परिचयपत्र लगाउने व्यवस्था गर्न सरकारले व्यवसायीहरुलाइ निर्देशन दिएको छ ।

लामो रुटका सार्वजनिक सवारीमा चालक र सहचालकले अभद्र व्यवहार गर्ने, यात्रुले पनि सरसफाइ लगायतका विषयमा ध्यान नदिँदा सार्वजनिक सवारी साधन व्यवस्थित हुन नसकेको भनाइ सर्वसाधारणको छ । असार १ गतेदेखि सार्वजनिक सवारीमा यी नियमहरु टाँसिसकेपछि निगरानी अगाडि बढाउने महासंघले जनाएको छ । – गोरखापत्र


प्रकाशित मिति: २८ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?