Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

गर्मी बढेसँगै कारागारका कैदीबन्दीमा छालाको समस्या


२७ जेठ, चितवन । जिल्ला कारागारमा छालाको समस्याका बिरामीको सङ्ख्या बढ्दै गएको छ । गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो ।

कार्यालयका सिनियर हेल्थ असिस्टेन्ट लेखनाथ पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये तीन सय जनामा छालाको रोगको समस्या देखिएको हो । बसाईं साँघुरो हुँदा पसिनाका कारण दाद, पिलोलगायतका समस्या देखिएको उनले बताए ।

विगत १५ दिनदेखि यो समस्या बढ्दै गएको उनले जानकारी दिए । उनले भने, “यो समस्या अझै फैलनसक्ने देखिन्छ ।” गर्मी बढेसँगै छाला र झाडापखालाको समस्यासमेत देखिएको उनले बताए ।

अहिले २५ जनामा झाडापखालाको समस्या देखिएको उनले जानकारी दिए । यसलाई रोकथामका लागि कारागार प्रशासनले आन्तरिक व्यवस्थापनको काम गरिरहेको उनले भनाइ छ ।

कारागारमा सात सय ४० कैदीबन्दी रहेका छन् । दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा छ सय ९३ र २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४७ जना कैदीबन्दी छन् । तीसँगै आश्रित बालबालिका चार जना रहेको कार्यालयका प्रमुख कमलप्रसाद आचार्यले बताए ।


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?