Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

संयुक्त राष्ट्रसङ्घीय सङ्गोष्ठी नेपालमा


२६ जेष्ठ ,काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ सचिवालयअन्तर्गत सूचना तथा सञ्चार प्रविधि कार्यालय मातहतको कार्य सञ्चालन विभागद्वारा शान्ति स्थापना कार्यमा प्रविधिको लागि सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गोष्ठी नेपालमा आयोजना हुन लागेको छ ।

शान्ति स्थापना कार्यमा डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता विकास गर्ने तथा नवीनतम् प्रविधिको प्रयोग गर्ने उद्देश्यले सातौँ संस्करणको सङ्गोष्ठी यही जेठ ३० गतेदेखि अगामी असार १ गतेसम्म यहाँ सञ्चालन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विश्वमा भइरहेका सूचना प्रविधिको तीव्रतम विकास र बदलिदो सुरक्षा परिस्थितिअनुसार शान्ति कार्य मिशनमा प्रयोग भईरहेका प्रविधि, चुनौती एवं सर्वोत्कृष्ट अभ्यासबारेमा सदस्य राष्ट्रबीच अनुभव आदानप्रदान गर्ने हेतुले उक्त कार्यक्रम गर्न लागिएको हो ।

रक्षा मन्त्रालयको अगुवाइ र नेपाली सेनाको समन्वयमा उक्त कार्यक्रम सञ्चालन हुनेछ । नेपालका तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिको सहभागिता रहने छ ।

संयुक्त राष्ट्रसङ्घ मुख्यालयबाट कार्य सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खारे, सूचना प्रविधि कार्यलयका सहायक महासचिव, मानव सशाधन सहायक महासचिव, सयुक्त राष्ट्रसङ्घ डिसइङगेजमेन्ट फोर्स कमाण्डरलगायत विभिन्न ११ वटा शान्ति मिशनका प्रतिनिधिको सहभागीता रहने छ ।

संयुक्त राष्ट्रसङ्घका ५१ सदस्य राष्ट्रका प्रतिनिधि, विभिन्न विषय विज्ञसहित दुई सय ३० जनाको सहभागिता रहने निर्देशनालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घद्वारा शान्ति स्थापना कार्यमा प्रविधिको लागि सहकाय कार्यक्रम पहिलो पटक सन् २०१४ मा इटालीमा आयोजना भएको थियो ।


प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?