Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

पानी नपरेपछि स्थानीयले गरे सामूहिक पूजा


२६ जेठ, पाल्पा । लामो समयसम्म पानी नपरेपछि पाल्पाको रामपुरका स्थानीयले सामूहिक पूजा गरेका छन् । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली, अन्नबाली तथा फलफूल सुक्न थालेपछि भगवान् इन्द्रको पूजा गरिएको हो ।

रामपुर नगरपालिका–६ गैटारस्थित अकला कालिका दुर्गा मन्दिरमा सामूहिकरूपमा रुद्री लगाएर भगवान् इन्द्रको पूजा गरी स्थानीयवासीले पानी मागेका हुन् । मन्दिर पूजाआजा गरी नजिकै रहेको कालीगण्डकी नदी परेवाघाट किनारमा पुगेर स्थानीयले पानी मागेको अकला कालिका मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद अर्यालले जानकारी दिए ।

भगवान् इन्द्रको पूजा गरी पानी मागेमा पानी पर्ने जनविश्वास छ । यहाँका करिब तीन सयभन्दा बढी स्थानीयको सहभागितामा पञ्चेबाजासहित नदी किनारमा पुगेर उनीहरुले पानी छ्यापाछ्याप गरी भगवान् इन्द्रसँग पानी माग्न पूजा गरेका थिए । खडेरीले खेतबारीमा लगाएका बालीनाली सुक्न थालेपछि स्थानीयले भगवान्को प्रार्थना गर्दै पानी माग्न थालेका छन् । विगतदेखि नै पानी नपर्दा रुद्री लगाउने, इन्द्रको पूजा गर्ने गरिरहेको र पूजा गरेपछि पानी पर्ने गरेको स्थानीय ८४ वर्षीय लोकनाथ खनाल बताउँछन् ।


प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?