Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

ट्युनिसियामा सेनाको हेलिकप्टर बेपत्ता


२६ जेठ, एजेन्सी । चार जना सवार भएको ट्युनिसियाली सेनाको हेलिकप्टर बेपत्ता भएको छ । राडार स्क्रिनबाट हराएको केही घण्टापछि दुर्घटना भएको आशङ्का गरिएको पनि रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

“हिजो (बुधवार) साँझ केप सेराट क्षेत्रमा रात्रि उडान गरिरहेको हेलिकप्टरसँग सञ्चार विच्छेद भएको छ,” यो एक सेनाको विज्ञप्तिमा भनिएको छ।

‘विमान खोजी गर्न गृह मन्त्रालयसँगको समन्वयमा स्थल, जल तथा हवाई स्रोत परिचालन गरिएको छ । ट्युनिसियाली सेनाले हालैका वर्षहरूमा तालिम वा जासुसी अभियानमा थुप्रै विमानहरू गुमाएको छ।

सन् २०२१ अक्टोबरमा दक्षिणी प्रान्त गाबेसमा रात्रि अभ्यासको क्रममा सेनाको हेलिकप्टर दुर्घटना हुँदा तीन सैनिकको मृत्यु भएको थियो।
उक्त दुर्घटनाको आधिकारिक अनुसन्धानको निष्कर्ष अझै सार्वजनिक गरिएको छैन।


प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?