Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार

असार १ गतेदेखि सडक खन्न नपाइने


२५ जेठ, काठमाडाैँ । सरकारले असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध लगाएको छ । सडक विभागले बिहीबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो ।

वर्षायाममा अन्य संरचना समेत बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ । असार १ गतेदेखि भदौ मसान्तसम्मको अवधिमा सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ र सडक डिभिजनहरू मातहतका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने विभागले जनाएको छ ।

जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने चेतावनी सूचना दिइएको छ ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?