Trending
>>   ओखलढुङ्गाको एक मतदान केन्द्रमा किन कसैले पनि गरेनन् मतदान ? >>   कुनैपनि केन्द्रमा मतदान रोकिएको छैनः निर्वाचन आयोग >>   निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ: ओली >>   देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै >>   छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु >>   समयमै मतदान गर्नुस्ः आयुक्त तुलाधर >>   ओखलढुङ्गामा मतदान बिथोल्ने भ्रामक सूचना फैलाउनेमाथि प्रहरीको कडा कारबाही तयारी >>   निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु) >>   धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान >>   झापा ५ मा मतदान जारी : उत्साहजनक सहभागिता
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

आफ्नै १४ दिने शिशुको हत्या गरी फरार भएका अन्सारी समातिए


२५ जेठ, काठमाडाैँ । आफ्नै १४ दिने शिशुको हत्या गरी फरार एक व्यक्तिलाई प्रहरीले १० दिनपछि पक्राउ गरेको छ । बारामा घटना घटाएर फरार भएका उनलाई काठमाडौँको चन्द्रागिरिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार जेठ १४ गते बेलुका अन्दाजी ५ बजेको समयमा बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने नुर आलम अन्सारीले आफ्नो नवजात शिशु (१४ दिनको छोरालाई) कर्तव्य गरी मारेर फरार रहेका थिए ।

उनी फरार भएपछि काठमाडौँमा लुकेको आशङ्कामा खोजतलास गरी पक्राउ गर्न भन्दै जिल्ला प्रहरी कार्यालय बाराबाट पत्राचार भएअनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई गए राति काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डा पिपलबोटबाट पक्राउ गरेको थियो । उनलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको रेग्मीले बताए ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?