Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी


२४ जेष्ठ ,कास्की । नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले पोखरामा पहिलोपटक ‘नेपाल चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल’ हुने भएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पर्यटकीय सहर पोखरामा बोट रेसको आयोजना गरिएको हो । आगामी असार ८ र ९ गते सञ्चालन हुने फेस्टिभलका लागि यहाँ तयारी सुुरु गरिएको छ । फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल हुँदैछ ।

पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सो फेस्टिभलको सहयोगी संस्थाका रूपमा रहेका छन् । फेस्टिभलमा हुने डुङ्गा दौडका लागि चीनबाट आठवटा विशेष खालका डुङ्गा पोखरा ल्याएर परीक्षण सुरु गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । उनका अनुुसार चिनियाँ चार र नेपाली चार गरी आठ टोलीबीच डुङ्गा दौड प्रतियोगिता हुनेछ ।

दौड पाँच सय र एक हजार मिटरको हुनेछ । सो फेस्टिभलमा चीनबाट विशिष्ट पाहुनाको सहभागिता रहने बताइन्छ । परिषद्का अध्यक्ष श्रेष्ठले कार्यक्रमबाट पोखराको प्रवर्द्धनमा महत्वपूर्ण हुने बताए । उनले भने, “पोखरा चिनियाँ पाहुनाको रोजाइको गन्तव्य भएको हो । फेवातालमा फेस्टिभल आयोजना गर्दा त्यसले भविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्दछ ।”

फेस्टिभलमा नेपाली, चिनियाँ खाना, चिनियाँ सांस्कृतिक कार्यक्रम फेस्टिभलको आकर्षण रहने अध्यक्ष श्रेष्ठले बताए । नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागिताका लागि ६० जना खेलाडीसहित दुई सय ६० जना विमान चार्टर्ड गरेर पोखरा आउने छन् ।

गत पुस १७ गते उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो चिनियाँ टोली उत्रनेछ । सोही कार्यक्रमका लागि दुईवटा चार्टर्ड विमान चीनबाट पोखरा आउने तयारी छ । फेस्टिभलका लागि रु दुई करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।


प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?