Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी


२४ जेष्ठ ,कास्की । नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले पोखरामा पहिलोपटक ‘नेपाल चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल’ हुने भएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पर्यटकीय सहर पोखरामा बोट रेसको आयोजना गरिएको हो । आगामी असार ८ र ९ गते सञ्चालन हुने फेस्टिभलका लागि यहाँ तयारी सुुरु गरिएको छ । फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल हुँदैछ ।

पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सो फेस्टिभलको सहयोगी संस्थाका रूपमा रहेका छन् । फेस्टिभलमा हुने डुङ्गा दौडका लागि चीनबाट आठवटा विशेष खालका डुङ्गा पोखरा ल्याएर परीक्षण सुरु गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । उनका अनुुसार चिनियाँ चार र नेपाली चार गरी आठ टोलीबीच डुङ्गा दौड प्रतियोगिता हुनेछ ।

दौड पाँच सय र एक हजार मिटरको हुनेछ । सो फेस्टिभलमा चीनबाट विशिष्ट पाहुनाको सहभागिता रहने बताइन्छ । परिषद्का अध्यक्ष श्रेष्ठले कार्यक्रमबाट पोखराको प्रवर्द्धनमा महत्वपूर्ण हुने बताए । उनले भने, “पोखरा चिनियाँ पाहुनाको रोजाइको गन्तव्य भएको हो । फेवातालमा फेस्टिभल आयोजना गर्दा त्यसले भविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्दछ ।”

फेस्टिभलमा नेपाली, चिनियाँ खाना, चिनियाँ सांस्कृतिक कार्यक्रम फेस्टिभलको आकर्षण रहने अध्यक्ष श्रेष्ठले बताए । नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागिताका लागि ६० जना खेलाडीसहित दुई सय ६० जना विमान चार्टर्ड गरेर पोखरा आउने छन् ।

गत पुस १७ गते उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो चिनियाँ टोली उत्रनेछ । सोही कार्यक्रमका लागि दुईवटा चार्टर्ड विमान चीनबाट पोखरा आउने तयारी छ । फेस्टिभलका लागि रु दुई करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।


प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?