Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

नेपाली मौलिक लोकबाजा प्रशिक्षण


२४ जेष्ठ ,काठमाडौँ । जनसांस्कृतिक प्रतिष्ठान, नेपालको आयोजना र काठमाडौँ महानगरपालिकाको सहकार्यमा दुईहप्ते नेपाली मौलिक लोकबाजा प्रशिक्षण सम्पन्न भएको छ ।

प्रशिक्षणमा बाँसुरी, सनई, खैँजडी, मादल, टुङ्ना, खिँ, ढोलक, धिमेलगायत १० बाजामा नयाँ पुस्तादेखि ज्येष्ठ नागरिकसम्मलाई प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणमा अशोक राई, भरत नेपाली, भरत बुढाथोकी, नरेश प्रजापति, गोपालदेव धतानी, छेवाङ तेञ्जिङ लामा र धनबहादुर गुरुङले प्रशिक्षण दिएका थिए ।

उक्त प्रशिक्षणको समापन कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य खगेन्द्र राई, प्रतिष्ठानका अध्यक्ष प्रेमनाथ अधिकारी र महानगरपालिकाको वडा नं २८ का अध्यक्ष भाइराम खड्गी (प्रकाश)ले संयुक्तरूपमा प्रमाणपत्र वितरण गरे ।

अध्यक्ष अधिकारीले लोप हुन लागेका मौलिक बाजाको संरक्षण र जगेर्नाका लागि यस्ता कार्यक्रम नियमितरूपमा सञ्चालन गर्ने बताए ।


प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?