Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

नेपाली मौलिक लोकबाजा प्रशिक्षण


२४ जेष्ठ ,काठमाडौँ । जनसांस्कृतिक प्रतिष्ठान, नेपालको आयोजना र काठमाडौँ महानगरपालिकाको सहकार्यमा दुईहप्ते नेपाली मौलिक लोकबाजा प्रशिक्षण सम्पन्न भएको छ ।

प्रशिक्षणमा बाँसुरी, सनई, खैँजडी, मादल, टुङ्ना, खिँ, ढोलक, धिमेलगायत १० बाजामा नयाँ पुस्तादेखि ज्येष्ठ नागरिकसम्मलाई प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणमा अशोक राई, भरत नेपाली, भरत बुढाथोकी, नरेश प्रजापति, गोपालदेव धतानी, छेवाङ तेञ्जिङ लामा र धनबहादुर गुरुङले प्रशिक्षण दिएका थिए ।

उक्त प्रशिक्षणको समापन कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य खगेन्द्र राई, प्रतिष्ठानका अध्यक्ष प्रेमनाथ अधिकारी र महानगरपालिकाको वडा नं २८ का अध्यक्ष भाइराम खड्गी (प्रकाश)ले संयुक्तरूपमा प्रमाणपत्र वितरण गरे ।

अध्यक्ष अधिकारीले लोप हुन लागेका मौलिक बाजाको संरक्षण र जगेर्नाका लागि यस्ता कार्यक्रम नियमितरूपमा सञ्चालन गर्ने बताए ।


प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?