Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

सामाजिक सुरक्षा भत्ता लिन अब सास्ती हुँदैन


भौगोलिक विकटताका कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिन एक दिन हिँड्नुपर्ने अवस्थाको अन्त्य हुँदा मोरङको मिक्लाजुङका बासिन्दा हर्षित भएका छन् । दुर्गम मिक्लाजुङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अब वडा कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाएको छ । मिक्लाजुङ–१ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका दुई सय ५० नागरिकलाई वडा कार्यालयबाटै भत्ता लिने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले बताउनुभयो । साविक रमितेखोला गाविसलाई समायोजन गरी मिक्लाजुङ–१ बनाइएको हो ।

यसरी मिक्लाजुङ भइसकेपछि त्यहाँका स्थानीयवासीले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता लिन पनि मधुमल्ला झर्नुपर्ने बाध्यता उहाँहरुमा आयो । पहाडी भेगका कोलबोटे, खोलागाउँ, बतासेलगायतका क्षेत्रमा बसोवास गर्ने नागरिकले सामाजिक सुरक्षा भत्ता लिनकै लागि डेढ दुई घण्टाको पैदलयात्रा र लगभग ४०÷४५ मिनेटको बसको यात्रा गरेपछि मात्र उहाँहरु बल्लतल्ल बुढौली शरीर लिएर मधुमल्ला आइपुग्ने र दिनभरिजसो बंैकमा भत्ता लिन लाइनमा बसेर घर फर्किदा झमक्कै साँझ पर्ने अवस्था थियो । विगतका पाँच वर्ष यसरी नै बिताउनुभएका स्थानीय बतासे गाउँका ज्येष्ठ नागरिक नरेन्द्र रसाइली भन्नुहुन्छ, “विगतमा हामीले भोट दिएर जिताएर पठाएकाले एकचोटि वडामै आएर भत्ता दिएका थिए, त्यसपछि दिएनन्, अहिले नया जनप्रतिनिधि आउनुभएको छ, उहाँहरुले हरेकचोटि दिने भन्नुभएको छ विश्वास छ, अब हामीले स्याँस्याँ गर्दै मधुमल्ला धाउनुपर्दैन ।” गाउँपालिकाकै दुर्गम क्षेत्रको रुपमा रहेको आफ्नो वाडका जनतालाई कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गर्न पाउँदा निर्वाचनताका स्थानीयसँग गरेको एउटा वाचा पूरा भएको वडाध्यक्ष पर्वत राईले बताउनुभयो ।

भौगोलिक विकटता कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिनकै लागि नागरिकले पाएको दुःखलाई अन्त्य गर्न गाउँपालिकाको पहलमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको एनएमबी बैंक मधुमल्ला शाखासँग समन्वय गरी हरेक पटकको भत्ता वडाबाटै वितरण गर्ने प्रबन्ध मिलाइएको गाउँपालिका अध्यक्ष बबीकुमार राईले बताउनुभयो । अन्य वडा २, ३, ४, ५ र ६ मा पनि सो क्षेत्रको भौगोलिक अवस्था हेरिसकेसम्म वडाबाटै भत्ता वितरण योजना गाउँपालिकाले लिएको राईले उल्लेख गर्नुभयो ।


प्रकाशित मिति: १२ माघ २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?