Trending
>>   संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी >>   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख >>   सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन >>   जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायात पूर्वाधार निर्माण हुनुपर्दछः मन्त्री दाहाल >>   राष्ट्रिय गौरवका आयोजनाहरुको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन >>   चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न >>   सर्वसाधारण भन्छन् : धरहराको शुल्क बढी भयो तर पहिलाको भन्दा व्यवस्थित छ >>   बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने >>   एमालेले कामनपाको जरिबाना पत्र बुझेन, बालेनले स्टन्टबाजी गरेको आरोप >>   इजिप्टमा टोलेमाइक युगको मन्दिर फेला
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

निर्मल पुर्जाको कीर्तिमान तोड्ने लक्ष्य राखेकी हरिला अन्नपूर्णको चुचुरोमा


२३ जेठ, म्याग्दी । छ महिनाको अवधिमा विश्वमा रहेका आठ हजार मिटर अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमान बनाउने अभियानमा रहेकी नर्वेजियन पर्वतारोही क्रिस्टिल हरिला सोमबार म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पुगेकी छिन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णसहित हरिलाले आठवटा हिमालको सफल आरोहण गरिसकेकी छिन् । सोमबार बिहान ६ बजे हरिला र पाँचजना नेपाली पर्वतारोहीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईँले बताए ।

हरिला सेभेन समिटमार्फत अन्नपूर्ण आरोहण गर्न जेठ १९ गते आधार शिविर पुगेकी थिइन् । हरिलासँगै तेन्जिन शेर्पा, पासाङनेर्बु शेर्पा, लेक्पा तेम्बा शेर्पा, मिङ्मा तेन्जिन शेर्पा र लेक्पा ज्याल्जिन शेर्पाले अन्नपूर्णको सफल आरोहण गरेको गुरागाईँले बताए। मौसम सफा र अनुकूल भएकाले हरिलालाई अन्नपूर्ण आरोहणका लागि धेरै समय पर्खनु परेन ।

अन्नपूर्ण जानुअघि हरिलाले एक हप्ताअघि म्याग्दीमै रहेको आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमालको सफल आरोहण गरेकी थिइन् । हरिलाले चालु याममा अन्नपूर्ण, धवलागिरि, सिसा पाङ्मा, चो ओयु, मकालु, कञ्चनजङ्जा, सगरमाथा र ल्होत्से हिमालको आरोहण गरिसकेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

आरोहण टोली अन्नपूर्णको चुचुरोबाट आधार शिविर फर्किएको आरोहणको समन्वय गरेका म्याग्दीको दानाका पर्यटनकर्मी इन्द्री सिंह शेरचनले जानकारी दिए । सन् २०१९ मा म्याग्दीको दानामा जन्मिएर हाल बेलायतमा बसोबास गर्ने निर्मल पुर्जाले छ महिना छ दिनमा आठ हजार मिटर अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

पुर्जाको कीर्तिमान तोड्ने लक्ष्य राखेकी हरिलाले गत वर्ष १२ वटा हिमाल आरोहण गरेर चीन तर्फका दुईवटा हिमाल आरोहण गर्न अनुमति नपाएपछि सफल भइनन् । चालु याममा चोयु र सिसापाङमा हिमाल आरोहण गरिसकेका छन् ।


प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?