Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

जनताको आशालाई निराश हुन दिन्न : मन्त्री पाण्डे


सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताको आशालाई निराश हुन नदिने बताउनुभएको छ । मिडिया नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जनतासँग गरेका वाचा पूरा हुने गरी काम गर्ने बताउनुभएको हो । सरकारमा सहभागी हुने क्रममा जनताको पक्षमा काम गर्न पार्टीले आफूलाई यो जिम्मेवारी दिएको बताउँदै उहाँले पार्टीले दिएको जिम्मेवारी र जनताको आशा नमर्ने गरी काम गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनमा आफूले बोलेका योजना मात्रै होइन ७७ वटै जिल्लामा भइरहेका योजना र गर्नुपर्ने योजना जनताको अपेक्षा अनुसार काम हुन्छ ।” सबै जिल्लामा आफ्नो मन्त्रालयको काम छिटो र फरक तरिकाले हुने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “७७ जिल्लामा भइरहेका र गर्नुपर्ने योजना हेरेर त्यसलाई छिटो भन्दा छिटो, फरक तरिकाले आजसम्म जसरी चलेको थियो त्यो भन्दा पनि फरक तरिकाले चलाउने लक्ष्यसाथ पार्टीले मलाई जिम्मा दिएको हो ।” आफूले मन्त्रालय सम्हाल्न नपाउँदै स्वार्थ बाँझिने मन्त्रालयको जिम्मा दिएको भनेर टिक्काटिप्पणी भएको भन्दै उहाँले कुनै स्वार्थ नबाझिने बताउनुभयो । सिक्टा सिँचाइ योजनामा आफ्नो कम्पनीलाई राजनीतिक उद्देश्यका साथ फसाउन खोजिएको भए पनि अदालतबाट सफाइ पाइसकेको उहाँले जानकारी दिनुभयो ।

आफूले सञ्चालन गरेका कम्पनीका सबै पदबाट राजीनामा दिइसकेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । फरक प्रसङ्गमा बोल्दै उहाँले पार्टीको अडान सरकारमा रहेपनि नरहे पनि उही रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा मुद्दा यथावत रहेका छन् । पार्टीको धारणा रोकिंदैन ।” यही संविधानभित्र रहेर आफ्ना मुद्दा उठाईने उहाँले बताउनुभयो ।


प्रकाशित मिति: ११ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?