Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

अफगानिस्तानमा ७७ छात्रासहित ९० जनालाई विष खुवाइएको पुष्टि


२२ जेठ, एजेन्सी । अफगानिस्तानको एक ग्रामीण क्षेत्रमा ७७ छात्रासहित ९० जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ ।

अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका ७७ छात्रासहित ९० जनालाई विष खुवाइएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक मुफ्ती अमिर सारिपुलीतले सोमबार जानकारी दिनुभएको हो ।

सरिपुलितले भन्नुभयो, “सञ्चारक जिल्लाको काबोद अब क्षेत्रमा रहेको फैजाबाद छात्रा विद्यालयका ७७ विद्यार्थी, सात शिक्षक, पाँच अभिभावक र एक जना कर्मचारीलाई विष खुवाइएको थियो । उनीहरूको अवस्था स्थिर छ ।”

अधिकारीका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

यसैबीच एक पीडित छात्राकी आमा महनाजले घटनाको निन्दा गर्दै प्रान्तीय प्रशासनलाई घटनामा संलग्नको पहिचान गरी कानुनको कठघरामा ल्याउन आग्रह गर्नुभएको छ ।

अर्का विद्यार्थी अलि आगा करबलाईका पिताले प्रभावित विद्यार्थीको सङ्ख्या ८० भन्दा बढी रहेको बताउँदै छोरीको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेको बताउनुभयो ।

गाउँलेका अनुसार आइतबार ८० जना विद्यार्थीसहित ९० जना एक्कासि बिरामी परेपछि उनीहरूलाई अस्पताल लगिएको थियो । उनीहरूलाई कसरी विष आक्रमण गरियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?