Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

लुम्बिनी क्षेत्रको विकासमा स्थानीय तहसँग सहकार्यका लागि छलफल


२२ जेठ, लुम्बिनी । लुम्बिनी विकास कोषले लुम्बिनी क्षेत्रको विकासको सहकार्यका लागि लुम्बिनी क्षेत्रका स्थानीय तहसँग छलफल अगाडि बढाएको छ । कोषले स्थानीय पालिकासँग बौद्धस्थलको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सहकार्यका लागि छलफल गरेको हो ।

विकास कोषले आगामी आव २०८०÷८१ को नीति कार्यक्रममा स्थानीय तहसँग सहकार्यका विषयमा छलफल गर्ने कोषले जनाएको छ । बुद्ध जन्मस्थल लुम्बिनीसँगै बुद्धको गृहनगर तिलौराकोट, अस्तुधातु रहेको रामग्राम र मावली देवदहका पुरातात्विक क्षेत्रको संरक्षण, उत्खनन र प्रवर्द्धनमा स्थानीय तहसँग सहकार्य गर्न छलफल गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए ।

आगामी आवको बजेट निर्माणको तयारीको अवस्थामा पुरातात्विक क्षेत्रको उत्खनन्, संरक्षण र प्रवर्द्धनमा उपलब्धिमूलक कामका लागि छलफल फलदायी हुने उनले बताए । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले लुम्बिनीमा बाहिरी क्षेत्रमा पनि पर्यटकलाई आकर्षित गर्ने गरी विकास गर्नुपर्नेमा जोड दिए । रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले रामग्रामको संरक्षण हुन नसकेको भन्दै आफूहरू त्यहाँको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले लुम्बिनी आउने पर्यटकको बसाइ अवधि लम्ब्याउने गरी कार्यक्रम बनाउनुपर्ने बताए । सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्माले सैनामैना क्षेत्रमा रहेका पुरातात्विक क्षेत्रमा उत्खननका लागि सहकार्य गर्न तयार रहेको बताए । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्थानीय तहले पनि आफ्ना सम्पदा क्षेत्रको संरक्षण र प्रवर्द्धनमा बजेट छुट्याउनुपर्ने सुझाव दिए ।

लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले लुम्बिनी गुरुयोजना, बृहत्तर लुम्बिनी क्षेत्र र आगामी योजनाका बारेमा प्रस्तुति राखेका थिए । उनले रुपन्देही, कपिलवस्तु र नवलपरासीका बौद्धस्थलको विकासका लागि कोषका तर्फबाट भइरहेका कामको जानकारी गराए ।


प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?