Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

बङ्गलादेशी प्रधानमन्त्रीले गरिन् अमेरिकी भिसा प्रतिबन्धको आलोचना


२१ जेठ, एजेन्सी । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले “लोकतान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने उद्देश्यले” बङ्गलादेशी नागरिकमाथि लगाइएको हालैको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गरेकी छन् ।

“हामी अरूमा निर्भर हुने छैनौं। कसले हामीलाई भिसा दिँदैन वा कसले प्रतिबन्ध लगाउने भन्ने चिन्ता गर्नुको कुनै अर्थ छैन,” हसिनाको यो टिप्पणी शनिबार युनाइटेड न्युज अफ बङ्गलादेशले उद्धृत गरेको छ।

नयाँ नीति अन्तर्गत बङ्गलादेशका वर्तमान र पूर्व अधिकारीहरू, सरकार समर्थक र विपक्षी राजनीतिक दलका सदस्यहरू, र कानून प्रवर्तन निकायका सदस्यहरू, न्यायपालिका र सुरक्षा सेवाका सदस्यहरूमाथि प्रतिबन्ध लगाइएको छ ।

उता यो नीति बङ्गलादेशमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण राष्ट्रिय चुनावलाई समर्थन गर्न बनाइएको अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मे २४ मा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री हसिनाले बङ्गलादेशमा अर्को आम चुनाव अवामी लिग सरकार अन्तर्गत हुने कुरा स्पष्ट गरिसक्नु भएको छ । अब चुनाव सन् २०२४ को प्रारम्भमा हुनेछ ।

हालको सरकारले पूर्व प्रधानमन्त्री खालिदा जियाको बङ्गलादेश नेसनलिस्ट पार्टीबाट चुनौतीको सामना गर्नु पर्ने आँकलन हुँदैछ ।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?