Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा


२१ जेठ, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने भेरी खोलामा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ ।

पहिलोपटक गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुसियाली छाएको छ ।

नेपाल विद्युत् प्राधिरण वितरण केन्द्र जुम्लाका प्रमुख नरदेशदत्त रावलले तातोपानी गाउँपालिकाको सबैभन्दा दुर्गम वडा मानिने ७ र ८ मा राष्ट्रिय प्रसारण लाइन पुगेको जानकारी दिनुए । लामो समयदेखि अन्धकारमा रहेको भेरीखोला बस्ती राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको छ । केही उद्योग गर्न चाहनेलाई पनि विद्युत्को समस्याले हैरानी बनाएको थियो ।

सदरमुकाम र आसपासका गाउँलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएको प्राधिकरणले पछिल्लो समयमा जिल्लाका ग्रामीण गाउँका बस्तीमा समेत बिजुली सेवा विस्तार गरेको उनले बताए । गत वर्षको असोज महिनाको अन्तिम साता परेको अविरल वर्षाले प्रभावित भेरीखोलामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि यहाँका स्थानीयवासीलाई राहत भएको वडाध्यक्ष तिलक रावतले बताए ।

गाउँमा बिजुली बलेपछि उज्यालो हुनुका साथै मोबाइल चार्ज गर्न, रेडियो सुन्न, विद्यार्थीलाई पढ्न लेख्न र विद्युतीय क्रियाकलापबाट गरिने कामलाई सहज बनाएको स्थानीवासी हस्त रावतको भनाइ छ । वर्षौंदेखि टुकी र सोलार बालेर दैनिकी चलाउँदै आएका त्यहाँका नागरिकको प्रत्येक घरमा अहिले बिजुली बलेपछि हर्षित भएका छन् ।

गाउँमा राष्ट्रिय प्रसारण लाइन आएपछि उद्योग र कम्प्युटर कक्षा सञ्चालन गर्न सहज हुने यहाँका स्थानीयवासी बताउँछन् । अहिले जिल्लाको सदरमुकाम खलङ्गालगायत ग्रामीण गाउँ बस्तीमा विद्युत् प्रसारण लाइन जोडिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाले जनाएको छ ।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?