Trending
>>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले विस्तार गर्यो सुडानमा सहयोग मिशनको म्यान्डेट


२० जेठ, काठमाडाैँ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले शुक्रबार सुडानमा रहेको संयुक्त राष्ट्र संघीय सङ्क्रमण सहायता मिसनको कार्यादेश यस वर्षको डिसेम्बर ३ सम्म बढाउने निर्णय गरेको छ। सर्वसम्मतिले संकल्प २६८५ पारित गर्दै १५ सदस्यीय निकायले कार्यादेश कार्यान्वयनको प्रतिवेदन प्रत्येक ९० दिनमा परिषद् समक्ष पेश गर्न महासचिवलाई अनुरोध गर्दै यस विषयमा सक्रियतापूर्वक ध्यान दिने निर्णय समेत गरेको छ ।
परिषद् सदस्यहरूले सुडानले सामना गरिरहेका जटिल चुनौतीहरूमा संयुक्त राष्ट्रसंघको प्रतिक्रियाहरू समन्वय गर्न मिसनको उपस्थिति पहिले भन्दा बढी महत्त्वपूर्ण हुने पनि उल्लेक गरेका छन् ।

राजधानी खार्तुममा मुख्यालय रहेको सो मिसन सन् २०२० जुन ३ मा स्थापना भएको हो । शुरुमा १२ महिनाको अवधिको लागि स्थापना गरिए पनि दुई पटकसम्म विस्तार गरिएको थियो ।

सो मिसनको उद्देश्य सुडानलाई राजनीतिक स्थिरता, शान्ति निर्माण र विकासका क्षेत्रमा सही बाटोमा फर्काउँने रहेको छ ।


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?