Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले विस्तार गर्यो सुडानमा सहयोग मिशनको म्यान्डेट


२० जेठ, काठमाडाैँ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले शुक्रबार सुडानमा रहेको संयुक्त राष्ट्र संघीय सङ्क्रमण सहायता मिसनको कार्यादेश यस वर्षको डिसेम्बर ३ सम्म बढाउने निर्णय गरेको छ। सर्वसम्मतिले संकल्प २६८५ पारित गर्दै १५ सदस्यीय निकायले कार्यादेश कार्यान्वयनको प्रतिवेदन प्रत्येक ९० दिनमा परिषद् समक्ष पेश गर्न महासचिवलाई अनुरोध गर्दै यस विषयमा सक्रियतापूर्वक ध्यान दिने निर्णय समेत गरेको छ ।
परिषद् सदस्यहरूले सुडानले सामना गरिरहेका जटिल चुनौतीहरूमा संयुक्त राष्ट्रसंघको प्रतिक्रियाहरू समन्वय गर्न मिसनको उपस्थिति पहिले भन्दा बढी महत्त्वपूर्ण हुने पनि उल्लेक गरेका छन् ।

राजधानी खार्तुममा मुख्यालय रहेको सो मिसन सन् २०२० जुन ३ मा स्थापना भएको हो । शुरुमा १२ महिनाको अवधिको लागि स्थापना गरिए पनि दुई पटकसम्म विस्तार गरिएको थियो ।

सो मिसनको उद्देश्य सुडानलाई राजनीतिक स्थिरता, शान्ति निर्माण र विकासका क्षेत्रमा सही बाटोमा फर्काउँने रहेको छ ।


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?