Trending
>>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे >>   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन >>   चैते दशैँको अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो >>   इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी >>   असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री >>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

उपन्यास ‘आतोओडा’ विमोचन


कवी जानुका खतिवडाद्वारा लिखित लोपोन्मुख सन्थाल जातिको जीवनीमा आधारित उपन्यास ‘आतोओडा’को गौरादहमा विमोचन गरिएको छ । गौरादह साहित्य समाजले सोमबार आयोजना गरेको कार्यक्रममा संविधानसभा सदस्य दीपक कार्कीले उपन्यास विमोचन गर्नुभयो । पूर्वीझापा, मोरङ र सुनसरीमा मुख्य बसोबास गर्ने यो समुदायको जीवनीमा आधारित उपन्यास पहिलो पटक प्रकाशित भएको लेखक खतिवडाले दाबी गर्नुभयो । त्यस अवसरमा वक्ताहरुले उपन्यासले सन्थाल समुदायको जीवन सङ्घर्ष, भूमिहीन तथा नागरिकता विहीनताको कथाव्यथा र कठिनाइलाई मुखरित गरेको उल्लेख गर्नुभयो ।

काठमाडौँमा रहेर साहित्य क्षेत्रमा लेखकले आफ्नो जन्मस्थानको विषय परिवेशलाई आधार बनाएर उपन्यास लेखेको बताउनुभयो । उहाँको यो आफ्नो पाचौँ कृति हो । कार्यक्रममा कलम प्रकाशनका नरेन्द्रकुमार नगरकोटी, गौरादह नगरपालिकाका सामाजिक विकास समितिका संयोजक दुर्गामणि बस्नेत, लेखक तथा साहित्यकार कृष्ण अविरल, गौरादह बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख भोजराज दाहाल, गौरादह बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गोपालप्रसाद काफ्ले, सन्थाल समुदायकी अगुवा लक्ष्मी मर्डीले उपन्यासले सन्थाल जातिको सामाजिक चित्रण गरेकोमा जोड दिनुभएको थियो । कार्यक्रममा गौरीगञ्ज २ कोरोबारीको जोयोड झरना सन्थाल युवा क्लबले जातीय संस्कृति झल्काउने नृत्यसमेत प्रदर्शन गरेको गौरादह साहित्य समाजका अध्यक्ष खगेन्द्र न्यौपानेले जानकारी दिनुभयो । सांसद साँवाद्वारा ११ विद्यार्थीको अभिभावकत्व ग्रहण झापाको क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद एलपी साँवाले ११ जना विपन्न तथा जेहेन्दार छात्रछात्राको अभिभावकत्व ग्रहण गर्नुभएको छ । साँवाले सो पालिकामा पर्ने डिल्लीराज मावी र त्रिभुवन आधारभूत विद्यालयमा अध्ययनरत ती विद्यार्थीलाई एसईइसम्मको अध्ययनका लागि आवश्यक विद्यालय पोसाक, स्कुल ब्याग र स्टेशनरी सामग्रीसमेतको सम्पूर्ण खर्च आफनो निजी स्रोतबाट उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो ।

आफनो निर्वाचन क्षेत्रमा रहेका समस्याको स्थलगत जानकारी लिने क्रममा ती विद्यालयमा पुग्नुभएका साँवाले सम्बन्धित विद्यालयका प्रधानाध्यापक, अभिभावक तथा विद्यार्थी माझ त्यस्तो प्रतिबद्धता जनाउँदै आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो । त्यस अवसरमा सांसद साँवाले झापा र गौरीगञ्ज गाउँपालिकालाई जोड्ने हुलाकी मार्ग अन्तर्गतको निर्माणाधीन कन्काई पुलकोसमेत निरीक्षण गर्नुभयो । उहाँले पटक–पटक म्याद थप भएर पनि पूरा हुन नसकेको सो पुलको निर्माण तत्काल पूरा गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन समेत दिनुभयो ।


प्रकाशित मिति: १० माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?