Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

हङकङमा पाँच महिनामै गए १ करोडभन्दा बढी पर्यटक


२० जेठ, एजेन्सी । यस वर्षको पहिलो पाँच महिनामा एक करोडभन्दा बढी पर्यटक हङकङ भ्रमण गरेका छन् ।

सन् २०२३ को उत्तरार्धमा पर्यटन पुनरुत्थानका लागि सकारात्मक दृष्टिकोणको सङ्केत गरेको हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले शुक्रबार पर्यटकको आगमन अपेक्षाकृत भएको जनाएको छ ।

एचकेटीबीको तथ्याङ्कअनुसार मे महिनामा चीन र दक्षिणपूर्वी एसियाबाट आउने आगन्तुकहरूको सङ्ख्या महामारीपूर्वको स्तरको ६० प्रतिशतभन्दा बढी पुगेको छ ।

चीनबाट हङकङ प्रवेश गर्न अधिक पर्यटकहरूले उच्च गतिको रेल लिङ्कको प्रयोग गरेका थिए । पर्यटकमध्ये २० प्रतिशत रेल सेवाको लागि छनौट गरको तथ्याङ्कले देखाएको छ ।

एचकेटीबीले विश्वभरका आगन्तुकहरूलाई आकर्षित गर्न वर्षको उत्तरार्धमा सात प्रमुख कार्यक्रमहरू सुरु गर्नेछ, जसमा चार वर्षको अन्तरालपछि जुन २४ देखि २५ सम्म हङकङ अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’ को आयोजना पनि समावेश छ ।


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?