Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

ऐतिहासिक ‘नर्बन्दा पाटी’काे पुनःनिर्माण सुरु


२० जेष्ठ ,बनेपा । वर्षौंदेखि भग्नावशेषका रुपमा रहेको मण्डनदेउपुर नगरपालिका–९ स्थित पुरानो ऐतिहासिक ‘नर्बन्दा पाटी’ पुनःनिर्माण सुरु गरिएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा निर्माण सुरु भएको पाटीको मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबाले शिलान्यास गरे ।

नर्बन्दा नाम गरेकी चेलीले सो पाटी निर्माण गरेको किम्वदन्ती छ । पाटी कति वर्ष अघि निर्माण गरिएको भन्ने यथार्थ मिति नभेटिए पनि कम्तीमा दुई सय वर्षभन्दा बढी पुरानो भइसकेको अनुमान छ । जीर्ण रहेको अवस्थामा रहेको उक्त संरचना २०७२ सालको भूकम्पका कारण थप जीर्ण बनेको थियो । जसको पुनःनिर्माणका लागि अहिले पुरातत्व विभागले रु १५ लाख ६६ हजार आठ सय ५२ बजेट व्यवस्थापन गरेर काम अगाडि बढेको हो ।

पाटी चालु आर्थिक वर्षमा एक तला निर्माण हुनेछ भने आगामी आवमा पुनःनिर्माणको सम्पूर्ण काम सकिने निर्माण कम्पनी पञ्चस्तम्भ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालिको भनाइ छ । पुरातात्विक तथा सार्वजिक महत्वका सम्पत्ति संरक्षण गर्ने राज्यको कर्तव्य भएको र त्यसको संरक्षणका लागि पुरातत्व विभागबाट बजेटको व्यवस्थापन भएपछि पुनःनिर्माण सुरु भएको नगरप्रमुख वाइबाले बताए ।

नगरप्रमुख वाइबाले काम हुँदै गर्दा निर्माणको रेखदेख गर्न स्थानीयलाई आग्रह गरेका छन् । “नगरपालिकाले पनि अनुगमनलाई विशेष ध्यान दिन्छ”, उनले थपे, “उपभोक्ताले पनि जिम्मेवारीका साथ निर्माण भइरहँदा अवलोकन गरिरहनुपर्छ ।” काम बिग्रिएपछि टीकाटिप्पणी गर्नुभन्दा हुँदै गर्दा कमीकमजोरी औँल्याउन सक्यौँ भने राम्रो हुने उनको भनाइ छ ।

नगरपालिकाले जीर्ण रहेको बालुवा पाटी, रायोबारीको पाटीलगायतका विभिन्न मठमन्दिर तथा पाटी पुनःनिर्माणका लागि पुरात्व विभागमा प्रस्तावना बुझाइसकेको अध्यक्ष वाइबाले बताए । नगर उप्रमुख विष्णुमणि नेपालले निर्माण कम्पनीलाई गुणस्तरीय काम गर्न निर्देशन दिएका छन् । ऐतिहासिक पाटी पुनःनिर्माणमा कोही कसैले खेलाची नगर्न आग्रह गर्दै प्राविधिक अनुमानित लागतअनुसार निर्माण भए नभएको हेर्न स्थानीयलाई समेत अनुरोध गरेका छन् ।

पुरातात्विक महत्वको संरचना भावी पुस्ताका लागि समेत चिनारीका रुपमा संरक्षण गर्नु सबैको दायित्व भएको उनले बताए । वडा नं ९ का अध्यक्ष सीताराम श्रेष्ठले पाटी निर्माणपछि व्यवस्थित ढङ्गले सञ्चालन गर्न छुट्टै समिति गठन गर्ने बताए ।


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?