Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

अबको मिसन ‘सुशासन’ : मन्त्री गुरुङ


१९ जेष्ठ ,वालिङ । नेपाली कांग्रेसका उपसभापति एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अबको बाटो सुशासनको भएको बताएका छन् । कांग्रेस प्रथम भीरकोट नगरसम्मेलनलाई आज स्याङ्जाको बयरघारीमा सम्बोधन गर्दै उनले भ्रष्टाचारीलाई कारवाही गर्नुपर्नेमा जोड दिए ।

“भ्रष्टाचारी प्रवृत्ति भएका जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ, कारवाही हुनैपर्छ”, उनले भने, “अनुसन्धानलाई अझै प्रभावकारी ढङ्गले अगाडि बढाऔँ, दोषी कोही उम्किन नपाउन् ।”

भुटानी शरणार्थीलगायत फाइलमा आफूहरुले प्रधानमन्त्रीलाई साथ दिएको दावी गर्दै उनले यस अभियानलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए । “भ्रष्टाचार प्रवृत्तिको अन्त्य गर्दै देशलाई अब सुशासनको बाटोमा लैजानु आवश्यक छ”, उनले भने, “देशमा सुशासन भएको प्रत्याभूति जनतालाई दिनुपर्ने भएकाले अब बोलेर हैन कामबाट देखाउनुपर्ने बेला आएको छ ।”

नागरिकता विधेयकले आमाको नामबाट नागरिकता नपाएका, बाबु आमा नेपाली नागरिक भएर पनि छोराछोरीले नागरिकता नपाएका र गैर आवासीय नेपालीले नेपालको नागरिकता पाउने तर राजनीतिक नेतृत्व गर्न नपाउने गरी तीनवटा कुरा समेटिएको उनले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य राजु थापाले भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारवाही गर्नुपर्ने बताए । उनले भ्रष्टाचारको आरोप लागेका कसैलाई पनि कांग्रेसले नबोक्ने र दोषी ठहरिएमा कारवाही भएरै छाड्ने बताए ।

भ्रष्टाचारीलाई कांग्रेसले ढाकछोप गर्ने, बोक्ने होईन बरु अनुसन्धान प्रक्रियामा सघाउने उनले बताए । नागरिकता विधेयक अहिलेको आवश्यकता भएको दावी गर्दै यसकाबारेमा पढेर, बुझेरमात्रै गाउँ गाउँमा रहेका नागरिकलाई बुझाउन उनले आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश, जिल्ला, क्षेत्र, नगर तहका नेता कार्यकर्ताले आ–आफ्नो धारणाहरु ब्यक्त गरेका थिए ।


प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?