Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औँ सफल कलेजो प्रत्यारोपण


१८ जेष्ठ ,भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ११ औँ पटक कलेजोको सफलतापूर्वक प्रत्यारोपण गरेको छ । कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक तथा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्व र भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालबाट आएको टोलीको सहयोगमा कलेजो प्रत्यारोपण गरिएको हो ।

कलेजो प्रत्यारोपित तथा अङ्गदाताको स्वास्थ्य अवस्था सामान्य रहेको डा श्रेष्ठले जानकारी दिएका छन् । दाङ जिलाका ४२ वर्षीय बाबुराम विश्वकर्मालाई उनकी श्रीमती ३७ वर्षीया आशा सुनारले आधा कलेजो दान गरेकि थिईन् ।

कलेजो ग्रहणकर्ता र कलेजोदाता दुवै जनाले केन्द्रको सेवाबाट आफू अत्यन्त खुसी भएको बताए । कलेजोदाताले आफूले पूर्ण स्वस्थ्य लाभ गरेपछि सम्पूर्ण अङ्ग मृत्युपश्चात् दान दिन इच्छा व्यक्त गरे ।

कलेजो प्रत्यारोपणमा सर्जन डा रोशन घिमिरे, डा सपना बर्मा, डा ललितकुमार दास, कलेजो फिजिसियन डा कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा आरती राई, डा निभा श्रेष्ठ, डा शोभित थापा, डा रेखा श्रेष्ठ, डा रश्मित श्रेष्ठ र डा शिवसुन्दर संलग्न थिए ।

मुलुकमै पहिलोपटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले हालसम्म ११ जनाको प्रत्यारोपण गरिसकेको छ । हालसम्म आठ जनामा जीवित दाताबाट र तीन जनामा मस्तिष्क मृत्युबाट प्राप्त कलेजो प्रत्यारोपण गरिएको छ ।

केन्द्रमा जम्मा रु १५ लाखमै कलेजो प्रत्यारोपण हुने गरेको केन्द्रका निर्देशक डा श्रेष्ठले जानकारी दिए । यस केन्द्रमा १० वर्षको अवधिमा एक हजार ६६ जनाको मिर्गाैला प्रत्यारोपणसमेत गरिएको उनले बताए ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?