Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

ऐलानी जग्गामा बनेका घरबाट कर उठाइँदै


तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गामा बनेका घरबाट कर सङ्कलन गर्ने भएको छ । घर र जग्गा प्रयोग गरेवापत नगर सेवा उपभोग शुल्क लगाउन लागिएको हो । उपमहानगरपालिकाको आर्थिक विकास समितिले तयार पारेको नगर सेवा उपभोग शुल्क लगाउनेसम्बन्धी मूल्याङ्कन दर स्वीकृत गरी आगामी नगरसभाबाट स्वीकृत गरेर शुल्क लैजाने तयारी गरिएको हो । नगरसभाले अनुमोदन गरेपछि सबै वडामा कार्यान्वयन गर्ने उपमहानगरपालिकाको तयारी रहेको छ । उपमहानगरपालिकाको नगरसभा माघ २० गते बस्ने भएको छ ।

कार्यपालिकाको छैटौँ बैठकले १२औँ नगरसभा बैठक माघ २० गते बस्ने निर्णय गरेको कार्यपालिका सदस्य खुसीराम चौधरीले बताउनुभयो । घर हटाइँदै तुलसीपुर उपमहानगरपालिकाको कार्यालयको उत्तरपूर्वतर्फ रहेका तीनवटा पक्की घर सम्बन्धित घरधनी आफँैले हटाउने भएका छन् । केही दिनमै ती घर हटाउने गरी घरधनीले तयारी गरेको उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीले बताउनुभयो । त्यहाँ तुलसीपुरका व्यवसायी टेकराम खड्का, तुलसीपुर–१८ मानपुर निवासी अमर नेपाली र उहाँका एक जना आफन्तीको गरी तीनवटा पक्की छन् । उहाँहरुले नै घर आफँै भत्काउने गरी तयारी गरेको इञ्जीनियर योगीले बताउनुभयो । “टेकराम खड्काको घर आफँै भत्काउने भनेर सामान नै खाली गरिसकेका छन्”, उहाँले भन्नुभयो, “अरु दुईवटा घर पनि आफँै भत्काउने गरी अन्त घर हाल्न लागेको कुरा गर्नुभएको छ, छिट्टै उहाँहरूले आफँै जग्गा खाली गर्ने भन्ने कुरा सहमति भएको छ ।” उपमहानगरपालिका कार्यालयको कित्ता नं ५ (घ) ८१२ त्यसरी अतिक्रमणमा परेको हो ।

उपमहानगरपालिकाले आफ्नो जग्गामा बनेका संरचना हटाउने गरी प्रक्रिया अघि सारेको छ । उपमहानगरपालिकाका पाँच कित्ता छन् । तीमध्ये तुलसीपुर बसपार्कको उत्तरतर्फ आलुमण्डी आसपासको कित्ता नं ५ (ख) ५४४ मा एक बिघा १० कठ्ठा १४ धुर जग्गा छ । त्यस्तै कित्ता नं ५ (ख) कै ५४५ मा ३४ कठ्ठा, ५ (ख) ५४६ मा ११ कठ्ठा र ५ (ख) ४९९३ मा ५३ हजार पाँच सय ६५ वर्गमिटर जग्गा रहेको छ । तीमध्ये अधिकांश जग्गा अतिक्रमणमा परेको छ । त्यसको लगत निकाल्ने काम भइरहेको छ ।


प्रकाशित मिति: १० माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?