Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

तीन युवकविरुद्व ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता


१८ जेष्ठ ,तनहुँ । तनहुँमा तीन युवकविरुद्ध ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ । म्याग्दे गाउँपालिका–६ का २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय शुसन रानाविरुद्व मुद्दा दर्ता गरिएको हो ।

गत आइतबार म्याग्दे गाउँपालिका–६ अकलास्थित म्याग्दे खोलामा साथिहरुसित करेन्ट लगाएर माछा मार्ने क्रममा म्याग्दे–६ का २१ वर्षीय विमल थापाको ज्यान गएको थियो ।

उनको मृत्यु भएपछि उक्त कार्यमा संलग्न तीनैजनाविरुद्व प्रहरीले ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरेको हो । सोही दिन प्रहरीले तीनै युवकलाई पक्राउ गरेको थियो ।

प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणका अनुसार पक्राउ गरिएका तीनै जनालाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?