Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

मुम्बई आतङ्कवादी हमलाका सहयोगीको कारागारमा मृत्यु


१६ जेठ, एजेन्सी । सन् २००८ मा मुम्बईमा आतङ्कवादी हमला गर्न वित्तीय एवम् अन्य माध्यमबाट आतङ्कारीलाई सघाएका लस्कर ए तैबाका नेता अब्दुल सलाम भुटावीको मृत्यु भएको छ ।

पाकिस्तानको कारागारमा उनको मृत्यु भएको हो । सोमबार दिउँसो निजको हुदयाघातका कारण मृत्यु भएको बताइएको छ ।

सन् २०१२ मा राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले भुटावीलाई आतङ्कवादी घोषणा गरेको थियो । त्यसको केही वर्षपछि आतङ्कवादलाई प्रश्रय दिनका साथै आतङ्कवादीलाई वित्तीय सहयोग गरेको आरोपमा पाकिस्तानी प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

अदालतले उनलाई दोषी ठहर गरेपछि उनी कारागारमा सजाय भोगिरहेका थिए । सन् २०२० को अगष्टमा उनलाई १६ वर्षको जेल सजाय सुनाइएको थियो । मङ्गलबार उनको लाहोरमा अन्त्येष्टि गरिएको लस्कर ए तैबाका सदस्य सार्वजनिक गरेको भिडियोमा दाबी गरिएको छ ।


प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?