Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

नेपालमा छुट्टै बैंकिङ अंग्रेजी कोर्स बनाउन वोस्टन युनिभर्सिटीसँग सहकार्यको तयारीमा आइएसिईआर


१६ जेठ, काठमाडाैँ । ईन्स्च्यिुड अफ एड्भान्स कम्युनिकेशन,एजुकेशन एण्ड रिसर्च (आइएसिईआर)ले बैंकिङ विषयको पढाईमा विशेष अंग्रेजी पाठ्यक्रमको आवश्यकताबारे बहस थालेको छ । आइएसआरले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ‘ईन्डष्ट्री–एकेडेमीक डाइलग सेरिज’ आयोजना गरी सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा बैंकिङ विषयको अध्यापनमा बोलीचाली,लेखनसीप,अन्तर्राष्ट्रिय सम्बन्ध लगायतलाई समेटेर पाठ्यक्रम तयाार गर्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा अमेरिकास्थित वोस्टन युनिभर्सिटीकी प्रोफेसर मेरी व्याटनफेल्डले बैंकिङ क्षेत्रमा अंग्रेजी विषयको महत्वबारे प्रस्तुति दिएकी थिइन् । उनले समाज र संस्कृतिलाई बुझेर स्थानीय स्तरमा बैंकिङ सेवा विस्तार र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा भाषाको महत्व रहने बताईन । ‘भाषा व्याकरण र शव्द भण्डार मात्र होइन । भाषा सँगसँगै समाज र संस्कृति जोडिएर आँउछ । अन्तराष्ट्रिय सम्पर्क माध्ययमको रुपमा रहेको अंग्रेजीको छुट्टै पाठ्यक्रमले समयानुमुल सक्षम जनशक्ति उत्पादनमा टेवा दिन्छ,’ उनको भनाइ थियो ।

कार्यक्रममा प्राध्यापकहरु डा. शितल ग्रीन दाहालले बैंकिङ कारोवार र भाषाको महत्व, उज्जवल प्रसाईले बैंकिङ प्रणाली तथा समाज र लिलाराज बिमलीले बैंकरलाई सञ्चारको सीपको आवश्यकताबारे प्रस्तुती दिएका थिए । कार्यक्रममा आइएसआरका प्रमुख कृष्णप्रसाद निरौला,एडिवी नेपालका प्रतिनिधि देवेन्द्र पोखरेल लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम संयोजन प्राध्यापक ताराप्रसाद अधिकारीले गरेका थिए । अधिकारीका अनुसार पोखरा विश्वविधालयबाट सम्बन्धन प्राप्त आइएसिईआरले बोस्टन युनिभर्सिटीसँगको सहकार्यका पाठ्यक्रम तयार गर्ने बिषयमा छलफल गरिरहेको छ । बैंकिङ बिषयको अंग्रेजी विषयको विशिष्ठ पाठ्यक्रम तयार गर्ने प्रयास पहिलो भएको आइएसिईआरको दाबी छ ।


प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?