Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नेपालमा छुट्टै बैंकिङ अंग्रेजी कोर्स बनाउन वोस्टन युनिभर्सिटीसँग सहकार्यको तयारीमा आइएसिईआर


१६ जेठ, काठमाडाैँ । ईन्स्च्यिुड अफ एड्भान्स कम्युनिकेशन,एजुकेशन एण्ड रिसर्च (आइएसिईआर)ले बैंकिङ विषयको पढाईमा विशेष अंग्रेजी पाठ्यक्रमको आवश्यकताबारे बहस थालेको छ । आइएसआरले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ‘ईन्डष्ट्री–एकेडेमीक डाइलग सेरिज’ आयोजना गरी सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा बैंकिङ विषयको अध्यापनमा बोलीचाली,लेखनसीप,अन्तर्राष्ट्रिय सम्बन्ध लगायतलाई समेटेर पाठ्यक्रम तयाार गर्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा अमेरिकास्थित वोस्टन युनिभर्सिटीकी प्रोफेसर मेरी व्याटनफेल्डले बैंकिङ क्षेत्रमा अंग्रेजी विषयको महत्वबारे प्रस्तुति दिएकी थिइन् । उनले समाज र संस्कृतिलाई बुझेर स्थानीय स्तरमा बैंकिङ सेवा विस्तार र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा भाषाको महत्व रहने बताईन । ‘भाषा व्याकरण र शव्द भण्डार मात्र होइन । भाषा सँगसँगै समाज र संस्कृति जोडिएर आँउछ । अन्तराष्ट्रिय सम्पर्क माध्ययमको रुपमा रहेको अंग्रेजीको छुट्टै पाठ्यक्रमले समयानुमुल सक्षम जनशक्ति उत्पादनमा टेवा दिन्छ,’ उनको भनाइ थियो ।

कार्यक्रममा प्राध्यापकहरु डा. शितल ग्रीन दाहालले बैंकिङ कारोवार र भाषाको महत्व, उज्जवल प्रसाईले बैंकिङ प्रणाली तथा समाज र लिलाराज बिमलीले बैंकरलाई सञ्चारको सीपको आवश्यकताबारे प्रस्तुती दिएका थिए । कार्यक्रममा आइएसआरका प्रमुख कृष्णप्रसाद निरौला,एडिवी नेपालका प्रतिनिधि देवेन्द्र पोखरेल लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम संयोजन प्राध्यापक ताराप्रसाद अधिकारीले गरेका थिए । अधिकारीका अनुसार पोखरा विश्वविधालयबाट सम्बन्धन प्राप्त आइएसिईआरले बोस्टन युनिभर्सिटीसँगको सहकार्यका पाठ्यक्रम तयार गर्ने बिषयमा छलफल गरिरहेको छ । बैंकिङ बिषयको अंग्रेजी विषयको विशिष्ठ पाठ्यक्रम तयार गर्ने प्रयास पहिलो भएको आइएसिईआरको दाबी छ ।


प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?