Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा


१६ जेठ, बाँके । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा बाँकेका ११ आयोजना प्राथमिकतामा परेका छन् ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार संसद्मा प्रस्तुत गर्नुभएको बजेटमा बाँकेस्थित गौरवको सिक्टा सिँचाइ आयोजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ ।

यस आयोजनाका लागि आगामी आवमा रु ८० करोड विनियोजन भएको आयोजनाका सूचना अधिकारी विशाल यादवले जानकारी दिए । उनका अनुसार उक्त बजेटबाट आयोजनाको पश्चिम मूल नहर नियमित मर्मत गरी सञ्चालनलाई निरन्तरता दिइनेछ । पूर्वी मूल नहरतर्फको ३७ किलोमिटर नहर सञ्चालनमा ल्याई थप ५३ किलोमिटरसम्मको नहर निर्माण थालनी  गरिने छ ।

चालु आर्थिक वर्षमा सिक्टा सिँचाइ आयोजनाका लागि रु एक अर्ब १२ करोड विनियोजन भएकामा हालसम्म रु ६७ करोड खर्च भइसकेको छ ।

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हेडवक्र्स तथा पावर हाउसको निर्माण कार्य शीघ्र सम्पन्न गरी बर्दिया र बाँके जिल्लाको ५१ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ उपलब्ध हुने व्यवस्था मिलाउन रु एक अर्ब ७४ करोड बजेट विनियोजन भएको छ ।

आगामी आर्थिक वर्षको बजेटले बाँकेको नौवस्ता औद्योगिक क्षेत्र निर्माण सुरु गर्ने, नेपालगञ्जस्थित एकीकृत जाँच चौकी निर्माण गरी सञ्चालनमा ल्यााइने, नेपालगञ्ज विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिने, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आवश्यक पूर्वाधार विकास तथा उपकरण खरिद गरिने, नेपालगञ्ज सहरमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन थालिने, नेपालगञ्जको प्रदेश रङ्गशाला र कभर्ड हल निर्माण गरिने भएकोे छ ।

यसैगरी बाल सुधार गृह मर्मतसम्भार तथा संस्थागत क्षमता अभिवृद्धि गर्न, कोहलपुरमा डाटा सेन्टरको निर्माणलाई तीव्रता दिन, नौवस्तास्थित क्षेत्रीय कारागार  निर्माण गरी सञ्चालनमा ल्याउन बजेट विनियोजन भएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सरकारले बाँकेमा पुराना आयोजनालाई निरन्तरता दिए पनि नयाँ योजना ल्याउन नसकेको बताए ।


प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?