Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

गणतन्त्र दिवस : कपिलवस्तु कारागारबाट १० जना कैदीबन्दी रिहा


१५ जेठ, कपिलवस्तु । गणतन्त्र दिवसको अवसरमा कपिलवस्तु कारागारबाट १० जना कैदीबन्दी रिहा गरिएको छ । कपिलवस्तु जिल्लाका ९ र कन्चनपुरका १ जनालाई राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम कैदमुक्त गरिएको कपिलवस्तु कारागारका प्रमुख जेलर मनोज कुमार शैनिले जानकारी दिए ।

कैदमुक्त भएका १० जनामध्ये ३ सवारी ज्यान, २ कर्तव्य ज्यान, २ डाका, ज्यान मार्ने उद्योग, बहुविवाह र हातहतियार एक-एक जना कैद जीवन बिताइरहेका थिए । मुद्दा नकारात्मक सुचीमा नपरेका, असल चालचलन भएका र ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरेका आधारमा उनीहरुको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभागमा नामावली पठाइएको थियो । सोही आधारमा उनीहरुको कैद मिनाहा गरिएको जेलर शैनिले बताए ।

कैदमुक्त भएका उनीहरु बाँकी जीवन घर परिवार र समुदायको हितका लागि बिताउने प्रतिबद्धता गर्दै कारागारबाट बिदा भएका जेलर शैनिले बताए । कपिलवस्तु कारागारमा रहेका कुल चार सय ९९ कैदी बन्दीमध्ये आज दश जना कैद मुक्त भएपछि बाँकी चार सय ८९ जना कैदी बन्दी कारागारमा छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?