Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

किसानलाई दुहुनो भैँसी वितरण


१५ जेठ, गोरखा ।। गोरखाको सहिद लखन गाउँपालिकाभित्रका किसानलाई अनुदानमा दुहुनो भैँसी वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ७ स्थित बुङकोटका आठ किसानलाई अनुदानमा पाडापाडीसहितको उन्नत जातको दुहुनो भैँसी वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिए ।

गाउँपालिकाले पालिकालाई मासु र दूधमा आत्मानिर्भर बनाउन जोड दिँदै आएकाले पशुपालक किसानलाई पशुपालनका लागि प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा दुहुनो भैँसी वितरण गरेको उनको भनाइ छ । “गाउँपालिकाले ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लागत साझेदारीमा दुहुनो भैँसी वितरण गरिएको हो”, उपाध्यक्ष तिवारीले भने, “कार्यक्रमअन्तर्गत १२ जना किसान छनोटमा परेको भए पनि चार जनालाई भने वितरण गर्न बाँकी छ ।”

गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० का लागि स्वीकृत पशुपालन भैँसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई दुहुनो भैँसी वितरण गरिएको उनले बताए । किसानलाई उत्पादनसँग जोडदै आत्मनिर्भर बनाउने उद्देश्यका साथ दुहुनो भैँसी वितरण गरिएको उनको भनाइ छ ।

“दुहुनो भैँसी वितरण गरेपछि पालिकामा दुग्ध उत्पादनसमेत वृद्धि हुने र कृषकलाई आर्थिक आयआर्जनमा आत्मनिर्भर बनाउनसमेत सहयोग पुग्छ, उनले भने, “यसबाट मासु उत्पादनमा समेत टेवा पुग्ने गाउँपालिकाको विश्वास छ ।”

उपाध्यक्ष तिवारीले किसानलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउँदै लैजाने गाउँपालिकाले नीति रहेकाले उत्पादनमुखी कार्यक्रम अघि सार्दै आएको बताए । अनुदानमा दुहुनो भैँसी पाएपछि किसानसमेत खुसी भएका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?